असहाय ज्येष्ठ नागरिकका लागि आदर्श निकेतन

असहाय ज्येष्ठ नागरिकका लागि आदर्श निकेतन

भक्तपुर : असहाय एवं सहाराविहीन ज्येष्ठ नागरिकका लागि सहरा दिन भक्तपुरमा ईश्वरीय आदर्श निकेतनको भवन बन्ने भएको छ । भक्तपुर नगरपालिका ४ राममन्दिरमा तीन करोड ६५ लाख रुपैयाँ लागतमा साढे तीन तले निकेतनको भवन अहिले धमाधम बनिरहेको हो।

निःसहाय तथा स्वसेवा सदनले निर्माण अघि बढाएको उक्त भवनको लागि विभिन्न दाताले सहयोग गरिरहेका छन् । उक्त भवनको लागि संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय वासुदेव प्रजापतिले दस आना जग्गा दान गरेका थिए। 

उक्त जग्गा प्राप्त भएलगत्तै भवन निर्माण अघि बढाइएको संस्थाका अध्यक्ष तुलसीभक्त कोजूले जानकारी दिए । उनले भवन निर्माणको लागि थप दस लाख रुपैयाँ कोषमा जम्मा भइसकेको सुनाए । उनका अनुसार भवन निर्माणको लागि सहयोग गर्ने दाताअघि सरेपछि भवन निर्माण धमाधम अघि बढेको छ । भवन निर्माण यसैवर्ष पूरा गरी सेवासमेत सुरु गर्ने संस्थाको लक्ष्य रहेको छ । 

अध्यक्ष कोजूका अनुसार सुरुमा २५ जना असहाय एवं सहाराविहीन ज्येष्ठ नागरिकलाई निकेतनमा आवाससहित आश्रय दिइनेछ । ‘असहाय ज्येष्ठ नागरिकलाई निकेतनमै निःशुल्क खाने, लाउने र बस्ने व्यवस्था हुनेछ’, भवन निर्माण समितिका सहसंयोजक कृष्णहरि कर्माचार्य भन्छन्, ‘हप्तामा एकपटक उनीहरुको स्वास्थ्य परीक्षण गर्नेछौं । २४ सैं घन्टा नर्सिङ सेवा दिने लक्ष्य राखेका छौं ।’

उनले ज्येष्ठ नागरिकको लागि होमियोप्याथिक स्वास्थ्य उपचार सेवासँगै राजयोग शिविरसमेत व्यवस्था गरिने जानकारी दिए । सहसंयोजक कर्माचार्यले घरपरिवार भइकन पनि ज्येष्ठ नागरिकहरु असहायसरह हुन थालेकाले निकेतन सञ्चालन गर्ने सोच आएको सुनाए ।

‘घरपरिवार भए पनि ज्येष्ठ नागरिकहरु असहाय भएका छन्’, उनले थपे, ‘अहिले ज्येष्ठ नागरिकहरुको ख्याल गर्ने समय कोहीसँगै छैन ।’निकेतनले ज्येष्ठ नागरिकसँग भएको सीप, ज्ञान तथा प्रविधि नयाँ पुस्तालाई हस्तान्तरण गर्ने व्यवस्थासमेत गर्ने अध्यक्ष कोजूले स्पष्ट पारे ।

‘निकेतनले ज्येष्ठ नागरिकको ख्यालमात्रै गर्नेछैन, उनीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नयाँ पुस्तालाई हस्तान्तरण गर्ने व्यवस्थासमेत गर्नेछ’, उनले भने, ‘निरक्षर र सीप नभएका ज्येष्ठ नागरिकलाई पनि उनको क्षमताअनुसार साक्षर गर्ने र सीप दिने काम पनि गर्नेछौं।’

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.