भलिबल संघको उपाध्यक्षमा सुवेदी
काठमाडौं : कुमारराज सुवेदी नेपाल भलिबल संघको उपाध्यक्ष नियुक्त भएका छन्। संघको केन्द्रीय समिति बैठकले आइतबार सुवेदीलाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो। उपाध्यक्ष नियुक्त भएपछि सुवेदीले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने अभियानमा आफू सक्रिय हुने बताए।
उनले अहिलेसम्म आफूले लिएको अनुभवलाई उपयोग गर्ने बताए। काठमाडौं गोकर्णेश्वरका स्थानीय बासिन्दा सुवेदी व्यवस्थापनमा स्नातक हुन्। उनी यसअघि लायन्स क्लब, मानवअधिकार र सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिकामा थिए।