बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका-७ छधारेमा आइतबार बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। दुर्घटनामा साइकलयात्री मोरङ सुनवर्षी २ का ३० वर्षीय भीम मोचीको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा मोचीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।