भिसा किर्ते

भिसा किर्ते

काठमाडौं : उज्वेकिस्तानकी साकानोजा कुरवानियाजोभाले नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेकी छन्। अघिल्लो वर्ष असार ४ गते ९० दिनको पर्यटक भिसामा उनी नेपाल भित्रिएकी थिइन्। भिसाको म्याद रहुन्जेल उनले नेपालमा के गरिन् र कहाँ बसिन् भन्ने सरकारी अधिकारीलाई पत्तो छैन। म्याद गुज्रिएपछि पनि उनी लामो समय नेपाल बसेको खुलेको छ। त्यही बीचमा उनी भारत पुगिन्। तर, यसको रेकर्ड अध्यागमनको सफ्टवेयरमा कैद छैन। उनी हवाईमार्गबाट भारत गइन् या स्थलमार्गबाट भन्ने पनि खुलेको छैन।

नेपालले हस्तलिखित भिसा प्रयोग गर्दै आएको छ। यो जो कोहीले सजिलै केरमेट गर्न सक्छन्। अध्यागमन विभागले मेसिन रिडेबल भिसा लागू गर्न सकेको छैन। त्यही भएर आपराधिक मानसिकता लिएर नेपाल आउने विदेशीले भिसा दुरुपयोग गर्ने गरेका छन्।

उज्वेकिस्तानी युवतीले भारत जाँदा नाका छलेको हुन सक्ने अध्यागमनका अधिकारीको अनुमान छ। भारतबाट नेपाल फर्किने भिसा थिएन। त्यसपछि उनले राहदानीमा रहेको म्याद गुज्रिएको भिसा ‘स्क्यान’ गरिन्। त्यसको प्रिन्ट निकालिन्। त्यसमा उनले किर्ते गरेर भिसाको म्याद र आगमन मिति सच्याइन्। त्यी स्क्यान भिसा आफ्नो राहदानीमा टाँसिन्। भिसा नम्बर त्यही राखिन्। उनी जेठ ३२ गते किर्ते भिसामा भारतबाट काठमाडौं उत्रिन्।

नेपालमा ठूलो संख्यामा उज्वेकी युवती अवैध ढंगले बसोबास गर्दै आएको अनुमान।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले भिसामा केरमेट गरिएको देखेपछि तत्काल पक्राउ गरी अध्यागमन विभागमा पठाए। विभागका प्रवक्तासमेत रहेका निर्देशक रामचन्द्र तिवारीले उज्वेकी युवतीलाई निष्काशन गरिएको पुष्टि गरे। ‘भिसामा कैफियत पाइएपछि आवश्यक कारबाही र जरिवाना गरी निष्काशन गर्ने निर्णयमा पुगेका हौं’, निर्देशक तिवारीले अन्नपूर्णसँग भने।

विमानस्थलमा भने कर्मचारीले भिसा नक्कली भएको पत्तोे पाएनन्। केरमेटका आधारमा उनीहरूले थप अनुसन्धानका लागि विभागमा पठाएका थिए। विभागको अनुसन्धानपछि मात्र भिसा किर्ते गरेको पत्ता लाग्यो। ती युवतीले ओभरस्टे र जरिवानाबापत २ लाख ९७ हजार रुपैयाँ तिरिन्।

नेपालमा ठूलो संख्यामा उज्वेकी युवती अवैध ढंगले बसोबास गर्दै आएको अनुमान छ। उनीहरूलाई मानव तस्करले नेपाल भिœयाएको हुन सक्ने सुरक्षा स्रोतले जनाएको छ। ती स्रोतका अनुसार यौन व्यवसाय गर्न उनीहरू नेपाल आउने गरेका छन्। नेपाल बसाइकै क्रममा उनीहरूलाई दलालले स्थलमार्ग हुँदै भारतका विभिन्न पर्यटकीय स्थलसम्म पु¥याउँछन््। उज्वेकी युवती ठूलो संख्यामा नेपाल ओहोरदोहोर गर्दै आएका छन्। अवैध ढंगले नेपाल बस्नु र भारततर्फ जानुले उनीहरूको बसाइ शंकास्पद देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.