१०० मा दैनिक ३ सय ब्लफ कल

१०० मा दैनिक ३ सय ब्लफ कल

काठमाडौं : प्रहरीको कन्ट्रोल रूममा उठ्ने १०० नम्बरमा शुक्रबार एक व्यक्तिले फोन गरे। महाराजगन्जबाट बोलेको बताएका उनले आफ्नो कोठामा चोरी भएको बताए। कन्ट्रोल रुमका प्रहरीले तत्काल उनको फोन महाराजगन्जको सीआरभी (कन्ट्रोल रुम भेइकल) टोलीलाई पास गर्‍यो। प्रहरी पुग्दा ती व्यक्ति मदिरा पसलमा भेटिए।

प्रहरीले सोध्यो, ‘तपाईंको कोठामा चोरी भएको भनेको होइन ? ’ ती व्यक्तिले जवाफ दिए, ‘डर लागेर पुलिसलाई फोन गरेको हो। चोरी भएको छैन।’ प्रहरीले उनलाई पक्राउ गरी ल्यायो। आइन्दा प्रहरीलाई दुःख दिने र गिज्याउने काम नगर्न चेतावनी दिएर छाडियो।

यस्ता ब्लफ कल प्रहरीलाई दैनिक ३ सयको हाराहारीमा आउँछ। कोही मादक पदार्थ सेवन गरेर प्रहरीसँग जिस्किन्छन्। कोही छोराछोरीलाई तर्साउने नाममा पुलिस बोलाइदिन्छु भन्छन्। कोहीले पटक–पटक एउटै नम्बरबाट फोन गरी सम्पर्कविहीन हुन्छन्। कोहीले प्रहरीलाई गाली गर्छन्। कसैले कुनै घटनै नभई र अपहरणै नभई अपहरण भएको भन्दै ब्लफ कल गर्ने गरेको महानगरीय प्रहरी रानीपोखरीका प्रवक्ता एसएसपी किरण बज्राचार्यले बताइन्।

नेपाल टेलिकम, एनसेल र स्काई गरी प्रहरी कन्ट्रोल रुममा १८ वटा फोन उठ्छन्। दैनिक १ हजारको हाराहारीमा आउने कलमध्ये ३ सय ब्लफ कल हुन्छन्। २०७५ मा १०० मा २८ हजार ४ सय ६८ वटा फोन आएका थिए। तीमध्ये ७ हजार ९ सय ८१ वटा ब्लफ कल थिए।

प्रहरीले १०० मा आउने फोनको रेकर्ड राख्न थालेको छ। कुन नम्बरबाट कति बजे केका लागि फोन आयो भन्ने रेकर्ड रहन्छ। कसलाई फोन ट्रान्सफर गरियो र समस्या समाधान भयो/भएन भनेर प्रहरीले रेकर्ड राख्न थालेको एसएसपी बज्राचार्यले बताइन्। ब्लफ कल गर्नेलाई सम्झाइबुझाइ गरी छाड्ने गरिएको उनको भनाइ छ। ‘कहिले त आत्तिएर फोन गर्छन्, के के न भयो भनेर प्रहरी कुदेर पुग्यो केही हुँदैन’, उनले भनिन्, ‘यस्ता प्रवृत्तिका फोन गर्नेलाई हामी बोलाएर र आवश्यक परे पक्राउ गरेरै सम्झाएर पठाउँछौं।’

१०० मा आउने फोन ट्रान्सफर गर्न मिल्ने बनाइएको छ। यो प्रविधि नहुँदा घटनाबारे टिपाएको स्थानमा रहेका प्रहरीलाई फोन गरी घटनास्थलमा जान निर्देशन दिने चलन थियो। काठमाडौंभरि जुन स्थानमा घटनाको सूचना आउनेबित्तिकै सेवाग्राहीले गरेको फोनलाई सम्बन्धित क्षेत्रमा काम गर्ने प्रहरी अधिकृतकहाँ ट्रान्सफर गरिँदै आएको छ।

जुवातास खेलेको सूचना गृहिणीले फोन गरेर जानकारी दिने गरेका छन्। ६ महिना अवधिमा प्रहरीलाई ४ सय २६ वटा जुवातास खेलेको सूचना महिलाले दिएका छन्। बन्द, ठाउँको सोधपुछ, प्रहरीकै नम्बर सोधपुछजस्ता विषयमा सोध्न प्रहरीलाई एक वर्षमा ८ हजार २ सय १३ वटा फोन आएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.