कोपा अमेरिका : अर्जेन्टिना क्वाटर फाइनलमा
रियो दी जेनेरियो : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना जित निकाल्दै क्वाटर फाइलनमा स्थान बनाउन सफल भएको छ। समूह बी अन्तर्गत सोमबार बिहान भएको खेललमा अर्जेन्टिना र कोलम्बियाले जित निकालेका छन्।
एक खेलमा हार र एकमा बराबरी खेलेपछि दक्षिण अमेरिकाको पावर हाउस अर्जेन्टिनालाई क्वाटर फाइलनमा स्थान बनाउन मुस्किल देखिएको थियो। सोमबार बिहान खेलिएको खेलमा कतारलाई २–० ले हराउँदै अर्जेन्टिना सहजै नक आउट चरणमा प्रवेश गरेको हो।
अर्जेन्टिनाको जितका लागि लाटारो मार्निनेजले खेल सुरु भएको चौथो मिनेटमै गोल गरी टोलीलाई अग्रता दिलाएका थिए। सर्जियो अगुइरोले ८२ औं मिनेटका गोल गरे। खेल अवधिभर अर्जेन्टिनालाई कडा टक्कर दिएको कतारले गोल गर्न भने सकेन।
दुई खेलमा जित निकाल्दै यसअघि नै क्वाटर फाइनलमा स्थान बनाएको कोलम्बियाले पाराग्वेमाथि १–० को जित हात पार्यो। ९ अंक बनाएको कोलम्बिया समूह विजेता र ४ अंक बनाएको अर्जेन्टिना उप विजेता बन्दै नकआउट चरण चरणमा प्रवेश गरे भने २ अंक रहेको पाराग्वेको पनि उत्कृष्ट तेस्रो टोली हुँदै क्वाटर फाइनलमा स्थान बनाउने सम्भावना कायमै छ।
तीन खेल खेल्दा १ अंक बनाएको कतार प्रतियोगिताबाट बाहिरिएको छ।