बंगलादेशलाई अफगानिस्तानको चुनौती

बंगलादेशलाई अफगानिस्तानको चुनौती

साउथह्याम्पटन : जारी विश्वकप क्रिकेटको सोमबार हुने खेलमा बंगलादेशले अफगानिस्तानको सामना गर्दैछ। उक्त खेल साउथह्याम्पटनस्थित रोज बल रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ। विश्वकपमा यी दुवै टोलीको इतिहास खासै गौरवशाली छैन। बंगलादेशको यो छैटौं विश्वकप सहभागिता हो।

सन् २००७ को विश्वकपमा सुपर एट चरणसम्म पुगेको बंगलादेश सन् २०१५ मा पनि क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। विश्वकपमा बंगलादेशको त्यो नै सबैभन्दा उत्कृष्ट प्रदर्शन हो। अफगानिस्तानको भने यो केवल दोस्रो सहभागिता हो। अफगानिस्तान सन् २०१५ मा आफ्नो पहिलो सहभागितामा लिग चरणबाटै घर फर्किएको थियो।

जारी विश्वकपमा भने अफगानिस्तानभन्दा बंगलादेश बलियो देखिएको छ। यी दुवै टोलीले जारी विश्वकपमा हालसम्म ६÷६ खेल खेलिसकेका छन्। बंगलादेशले दुई खेल जितेको छ भने तीन खेलमा पराजय भोगेको छ। बंगलादेश र श्रीलंकाबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो। बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो भने बलियो वेस्ट इन्डिजलाई सात विकेटले पराजित गरेको थियो।

अर्कोतिर अफगानिस्तानले जारी विश्वकपमा हालसम्म एउटा खेल पनि जित्न सकेको छैन। सन् २०१५ को विश्वकपमा भने अफगानिस्तानले एउटा खेल जितेको थियो। त्यतिबेला अफगानिस्तानले स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको थियो। जारी विश्वकपमा अफगानिस्तानको ब्याटिङ र बलिङ खासै प्रभावकारी देखिएको छैन।

यद्यपि, शनिबार भएको भारतविरुद्धको खेलमा अफगानिस्तानले बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो। उक्त खेलमा ब्याटिङ चल्न नसक्दा अफगानिस्तान ११ रनको झिनोअन्तरले पराजित भएको थियो। यो विश्वकपमा अफगानिस्तानले अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतविरुद्धको खेलमा मात्र दुई सयभन्दा बढी रन बनाउन सकेको छ।

यसको ठीक विपरीत जारी विश्वकपमा बंगलादेशको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट देखिएको छ। बलरभन्दा पनि बंगलादेशका ब्याट्सम्यान बढी लयमा देखिएका छन्। दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अस्ट्रेलियाविरुद्धको खेलमा त बंगलादेशले तीन सयभन्दा बढी रन बनाएको छ। त्यसैले पनि सोमबार हुने खेलमा अफगानिस्तानभन्दा बंगलादेश केही बलियो देखिन्छ।

यी दुई टोलीबीच यसअघिको विश्वकपमा केवल एक खेल भएको छ। सन् २०१५ को विश्वकपमा बंगलादेशले अफगानिस्तानलाई एक सय पाँच रनले हराएको थियो। यसैगरी यी दुई टोलीबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सात खेल भएको छ। चार खेलमा बंगलादेश र तीन खेलमा अफगानिस्तान विजयी भएका छन्।

सोमबारको खेलमा बंगलादेश तेस्रो जित हात पार्दै आफूलाई सेमिफाइनलको दौडमा कायम राख्ने अभियानमा हुनेछ। अफगानिस्तान भने यो विश्वकपमा पहिलो जितको खोजीमा हुनेछ। अफगानिस्तान भारतसँग हारेलगत्तै उपाधि होडबाट भने बाहिरिइसकेको छ।

आजको खेल

अफगानिस्तानविरुद्ध बंगलादेश

रोज बल (दिउँसो ३ :१५ बजे)

एकदिवसीयमा दुई टोली

कुल  : ७ खेल

बंगलादेश विजयी  : ४ खेल

अफगानिस्तान विजयी  : ३ खेल

विश्वकपमा दुई टोली

कुल  : १ खेल

बंगलादेश विजयी  : १ खेल

अफगानिस्तान विजयी  : ० खेल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.