४८ अर्ब आम्दानी पु‍र्‍याउँदै टेलिकम

४८ अर्ब आम्दानी पु‍र्‍याउँदै टेलिकम

काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा ४८ अर्बको हाराहारीमा आम्दानी गर्ने लक्ष्य राखेको छ। आव २०७६/७७ बजेटमार्फत विभिन्न नयाँ कार्यक्रममार्फत आम्दानीलाई वृद्धि गर्ने टेलिकमको योजना छ।

टेलिकमको आव २०७६/७७ मा प्रस्तावित बजेट एक खर्ब ३ अर्ब रहेको छ। टेलिकम स्रोतका अनुसार एक खर्ब ३ अर्बको बजेट टेलिकम बोर्डमा पेश भएको छ। बजेटमा अहिले छलफल भइरहेकाले यो साता बजेट पास हुने स्रोतले जनाएको छ। बजेटको सारांशमा टेलिकमले आव २०७५/७६ को संशोधित आम्दानीभन्दा ९.२९ प्रतिशतले वृद्धि गरी ४७ अर्ब ७२ करोडभन्दा बढी आम्दानी गर्ने उल्लेख छ। चालु आवमा टेलिकमको संशोधित आय अनुमान ४३ अर्ब ६६ करोड २८ लाख छ। यसमा वृद्धि गर्दै आगामी आवमा ४८ अर्बको हाराहारीमा आम्दानी गर्नेछ।

टेलिकमले आर्थिक वर्ष २०७५/७६ मा अधिकांश सूचक नकारात्क हुने आँकलन गरेको छ। आव २०७४/७५ को तुलनमा ब्याज कर र रास कट्टी अघिको आम्दानी ६.९८ प्रतिशत, आम्दानी ३.५५ प्रतिशत, नाफामा ३९.६६ प्रतिशत र कुल सम्पत्तिको प्रतिफल वृद्धि ५.७३ प्रतिशतले कमी आउने टेलिकमको आँकलन छ। त्यसलाई सुधार गर्दै आगामी आवमा ब्याज कर र रास कट्टीको आम्दानी ५.५७ प्रतिशत, आम्दानी ९.२३ प्रतिशत, नाफा ९.२३ प्रतिशत र कुल सम्पत्तिको प्रतिफल वृद्धि ०.०१ प्रतिशतले वृद्धि गर्ने लक्ष्य टेलिकमले लिएको छ।

टेलिकमले २०७५/७६ मा ग्राहकको संख्या अघिल्लो आवको तुलनामा १३.६४ प्रतिशत वृद्धि हुने र आगामी आवमा १५.११ प्रतिशत बढ्ने जनाएको छ। कम्पनीको मार्केट सेयर ५४ प्रतिशतबाट वृद्धि गरी आव २०७६/७७ मा ६० प्रतिशत पुर्‍याउने लक्ष्य पनि लिइएको छ। टेलिकमले चालु आवसम्मको संशोधित विवरणअनुसार कम्पनीको ग्राहक आधार कुल दुई करोड २८ लाख ८२ हजार हुने जनाएको छ।

प्रस्तावित आयोजनाको कार्यान्वयनपश्चात आगामी आवमा थप ३४ लाख ५६ हजार (लाइन ठाउँसारी बाहेक) लाइन वितरण भई दुई करोड ६३ लाख ३९ हजार ग्राहक आधार पुर्‍याउने लक्ष्य टेलिकमको छ। त्यसका लागि टेलिकमले आगामी आवको लागि फोरजी विस्तार, मध्यपहाडी क्षेत्रमा अप्टिकल फाइबर विस्तार, आईपीटीभी सहितको फाइबर टु दी होम सेवा विस्तार, मोबाइल फाइनान्सियल सर्भिस लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

टेलिकमले ‘डिजिटल नेपाल’ को अवधारणालाई सार्थक बनाउनुका साथै कम्पनीलाई दूरसञ्चार बजारमा अग्रणी संस्थाको रूपमा कायम राख्न भन्दै आगामी आवमा अत्याधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी देशव्यापी रूपमा वायरलेस ब्रोडब्याण्ड सहितको उच्च गतिको इन्टरनेट, टेलिफोन तथा मोबाइल सेवा उपलब्ध गराउने जनाएको छ। कम्पनीले देशव्यापी अप्टिकल फाइबर नेटवर्क विस्तारमा जोड दिने जनाएको छ। साथै कम्पनीले उपलब्ध गराउने सेवामा नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको मापदण्डअनुसार प्रमुख कार्य सम्पादन सूचना कायम राख्ने जनाएको छ।

त्यसका लागि उपभोक्ताको चाहानाअनुसार वायरलेस सेवा जीएसएमतर्फ फोरजी/एलटीईमार्फत र वायरलाइन सेवामार्फत आईएमएस (नेक्स्ट जेनेरेसन) प्रविधिमार्फत अप्टिकल फाइबर नेटवर्क/एफटीटीएचको माध्यमद्धारा स्तरीय र भरपर्दो ब्रोडब्याण्ड इन्टरनेट प्रदान गर्ने नीति टेलिकमले लिएको छ। टेलिकमले दूरसञ्चार सेवाको प्रतिस्पर्धात्मक मूल्य कायम गरी सुपथ मूल्यमा देशका सबै ठाउँमा दूरसञ्चार सेवा उपलब्ध गराउने, विश्वव्यापी रूपमा लोकप्रिय भइरहेको मोबाइल फाइनान्सियल सर्भिस सुरुआत गर्ने नीति लिएको छ।

टेलिकमले नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण तथा कम्पनीको सहकार्यमा दूरसञ्चार पूर्वाधार विकास कम्पनी स्थापना गरी दूरसञ्चार पूर्वाधारको विकास र सह–प्रयोग गर्ने व्यवस्था गर्ने, नीति निर्धारण गरी अव्यवस्थित केबललाई व्यवस्थित गर्ने कार्यक्रम तयार गरी लागू गर्ने लगायतका नीति आगामी आवका लागि तयार पारेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.