टम र जेरीको भिडन्त
टम एन्ड जेरी बालबालिकाले मात्र नभएर ठूला मानिसले पनि अत्यधिक मन पराएको कार्टुन हो। यो कार्टुन एउटा घरपालुवा बिरालो र मुसाको द्वन्द्वमा केन्द्रित छ। बिरालोको नाम टम हो भने मुसाको नाम जेरी हो। यो कार्टुनमा टम र जेरीको रमाइलो भिडन्तलाई प्रस्तुत गरिएको छ। उनीहरू एकअर्कालाई पछ्याउने गर्छन्।
यो कार्टुनले सात पटकसम्म लघु फिल्मको लागि एकाडेमी पुरस्कार प्राप्त गरिसकेको छ। यो कार्टुनमा जेरीलाई समाउनको लागि टमले गरेको प्रयास देखाइएको छ। तर, जेरीको चतुर्याइँ र चलाख क्षमताको कारण टमले प्राय : जेरीलाई समाउन सक्दैन। तर, कतिपय अवस्थामा उनीहरूले एकअर्काको भलाइको लागि मित्रता पनि निभाएका छन्।
कुनै समय उक्त कार्टुन सबैभन्दा हिंस्रक कार्टुनको रूपमा चिनिएको थियो। टमले जेरीलाई मार्नको लागि बन्चरो, हत्यौडा, पटका, विस्फोटको जाल र विषको प्रयोग गथ्र्याे। दोस्रोतर्फ जेरीको प्रतिशोधको तरिका पनि हिंस्रक छ। जस्तै टमलाई खसाल्नु, झ्याल र ढोकामा टमको टाउको र औंला च्यापिदिनु आदि। हिंस्रक मान्दामान्दै पनि कुनै सिनमा रगतको सिन भने देखाइएको छैन।
यस कार्टुनका लेखक हाना र जोसेफ बार्बरा हुन्। पहिलो सर्टका निर्माता रुडोल्फ आइसिङ हुन्। त्यसपछिको पन्चानब्बे सर्टका निर्माता फ्रेड किड क्रिम्बी हुन्। अठार सर्टका निर्माता विलियम हाना र जोसेफ बार्बरा हुन्।
यो कार्टुन १९४० देखि १९५८ सम्म देखाइएको थियो। यो कार्टुनको समयावधि ६ देखि १० मिनेट रहेको छ। सुरुमा यो अंग्रेजी भाषामा बनाइएको थियो।
भाइबहिनी हो यो कार्टुनका पात्रहरूको बारेमा पनि जानौं है :
टम : टम नीलो रङ भएको बिरालो हो। उसलाई यो कार्टुनमा आरामदायी जीवन बिताउने बिरालोको रूपमा चित्रित गरिएको छ। टम छिट्टै रिसाउने स्वभावको छ। टम दुब्लो र पातलो छ। बिरालो साधारणतया मुसा खानको लागि पछाडि दौडन्छ। तर, टमले जेरीलाई खानको लागि उसको पछाडि भाग्नु बेकार देखाइएको छ। यस कार्टुनमा टमको धेरै प्रयास जेरीलाई दु :ख दिनु र अपमानित गर्नु देखिन्छ।
जेरी : जेरी खैरो रङको घरेलु मुसा हो। जेरी स्वावलम्बी र मौकाको फाइदा उठाउने खालको छ। आफ्नो साइज सानो भए पनि ठूला सामान पनि उसले सजिलोसँग उठाउँछ। उसमा चोट लागेमा सहने क्षमता छ। प्रत्येक कार्टुनको अन्त्यमा जेरीको विजय देखाइएको छ भने टमलाई लुजरको रूपमा देखाइएको छ।
यो कार्टुनमा टम र जेरी अरूलाई दु :ख दिएर आनन्द मान्ने चरित्रका छन्। जब कुनै एक चरित्र बाहिरी कुराबाट मर्ने खतरा हुन्छ तब तेस्रो पक्षले उनीहरूलाई बचाउँछ।
स्पाइक र टाइक : जेरीलाई समात्नको लागि टम प्राय : अँध्यारो गल्लीको बिरालो बुचको सामना गर्दछ। स्पाइक रिसाहा पहरेदार बुलडग हो। टाइक स्पाइकको छोरा हो। जब टमले टाइकलाई पकड्न खोज्छ तब स्पाइकले हमला गर्छ।
बुच एन्ड टुडल्स गेलोर : गल्लीको एउटा कालो बिरालो बुच पनि जेरीलाई समाएर खान चाहन्छ। ऊ टमको सबैभन्दा पुरानो दुश्मन हो। बुच कार्टुनको सबै भागमा देखिन्छ। बुचको टुडल्सको कारण टमसँग दुश्मनी रहेको छ। कुनै कार्टुनमा बुच र टम साथी भएर देखिन्छन्।
मैमी टु सुज : सुरुसुरुमा टम एक रुढिवादी अफ्रिकी– अमेरिकी घरेलु कामदार मैमी टु सुजसँग सामना पनि गर्न परेको थियो। सुरुआतको कार्टुनमा मैमीलाई प्राय : धनी परिवारको घरको ख्याल राख्ने कामदारको रूपमा देखाइएको छ। त्यहाँ टम र जेरी रहन्छन्। प्राय : उनले बिरालोलाई कुचाले हान्ने गर्छिन्।
टफी (निबल्स) : टफी एउटा मुसा हो। कहिलेकाहीँ ऊ जेरीको भतिजको रूपमा कार्टुनमा देखिन्छ। उसलाई धेरै भोक लाग्ने गर्दछ। उसलाई धेरै भोक लाग्ने कारण उसका आमाबाबुले उसलाई जेरीको घरमा छोड्छन्। टफी प्राय : जेरीसँग देखिन्छ।
क्वैकर : कार्टुनको अर्काे पात्र हो क्वैकर। ऊ टम र जेरीको तुलनामा धेरै बोल्छ।
- प्रस्तुति : सुनिता न्यौपाने