विप्लवले राजनीतिक समाधान चाहेका छैनन्  : गृहमन्त्री थापा

विप्लवले राजनीतिक समाधान चाहेका छैनन्  : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले विप्लवप्रति सरकार गम्भीर रहेको बताएका छन्। संससदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बिहान बसेको बैठकमा सांसदहरुले  केही दिनअघि सर्लाहीमा प्रहरीबाट विप्लवका जिल्ला नेता कुमार पौडेल हत्याको विषयमा गृहमन्त्रीसँग जवाफ मागेका थिए। 

जवाफ दिनेक्रममा गृहमन्त्री थापाले पौडेलको मृत्यु मुठभेडमै  भएको दाबी गरे। सरकार कसैको हत्या गरी द्वन्द्व चर्काउने पक्षमा नभएको भन्दै उनले विप्लव नेता कार्याकर्ताको हत्या गर्ने सरकारको नीति भएको भए जिल्ला नेताको नभई माथिल्लो तहकै व्यक्ति मारिन सक्थे नी ? भनी प्रतिप्रश्न गरे। 

 ‘यस्ता घटनाले द्वन्द्व समाधान नभई थप चर्कने खतराप्रति सरकार सचेत छ’ थापाले भने– मुठभेडका नाममा विरोधीलाई समाप्त पार्ने नीति सरकारको होइन।’ देशमा द्वन्द्व बढ्दा प्रतिगामीलाई फाइदा पुग्ने बताउँदै गृहमन्त्री थापाले विप्लवको समस्या समाधान गर्ने पक्षमा सरकार रहेको दाबी गरेका छन् । उनले विप्लवले नै राजनीतिकरुपमा समस्या समाधान गर्न नचाहेको बताए। 

कुमार पौडेल हत्याको विषयमा सरकारले छानबिन गर्ने गृहमन्त्री थापाले संसदलाई जानकारी दिए । 

समिति बैठकमा उपस्थित भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीबाट मारिएका विप्लव नेता पौडेल अन्य अपराधमा पनि संलग्न रहेको दाबी गरे । कुमार पौडेलको बारेमा दुई पृष्ठ लामो विवरण प्रस्तुत गरेका उनले यसअघि पनि पौडेलमाथि विभिन्न आपराधिक गतिविधि विरुद्ध उजुरी  परेको र प्रहरीले थुनामा समेत राखेको जानकारी दिए । पौडेलले स्थानीय व्यवसायीलाई चन्दा मागी आतंकित बनाएको र उनी यसअघि काठ तस्करी मुद्दामा पनि थुनामा परिसकेको जानकारी दिए। 


भिडियोः 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.