‘परमाणु शस्त्र त्यागे इरान असल साथी’

‘परमाणु शस्त्र त्यागे इरान असल साथी’

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले आणविक हतियार बनाउन छोडे सबैभन्दा नजिकको मित्र हुने बताएका छन्। साथै संसारको सम्पन्न देश हुने पनि बताएका छन्। उनले भने, ‘आणविक हतियार बनाउने इच्छा छोडेमा इरान समृद्ध र खुशी मुलुक बन्नेछ। म उसको सबैभन्दा असल मित्र बन्नेछु। म चाहन्छु, यस्तै हुनेछ।’ यसबाट इरान फेरि महान् शक्ति बन्ने उनले स्पष्ट पारे।

ट्रम्पले गत वर्ष इरानसँगको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरेका थिए। उक्त सम्झौतामा इरानमाथि लगाइएको प्रतिबन्ध खुकुलो गरिने र त्यसबापत इरानले आणविक हतियार नबनाउनुपर्ने उल्लेख थियो। ट्रम्पले सम्झौताबाट फिर्ता भएको घोषणा इरानले तेल बेच्न पाएको छैन। तेल विक्री इरानको प्रमुख आर्थिक स्रोत हो। तेल बेच्न प्रतिबन्ध लगाएपछि इरान अमेरिकासँग झुक्न बाध्य हुने ट्रम्पको बुझाइ रहेको छ। यद्यपि उनले यसबारेमा विस्तृतमा बताएका छैनन्।

यसै विषयमा अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद्को बैठक आह्वान पनि गरेको छ। बैठकमा इरानले तेल ट्यांकरमा आक्रमण गरेको विषयमा छलफल गर्न उनले माग गरेका छन्। उनले सोमवारदेखि इरानमाथि थप प्रतिबन्ध लगाइने चेतावनी पनि दिएका छन्। परिआए इरानमाथि सैन्य आक्रमण गर्ने पनि उनले संकेत गरेका छन्। उनले ट्विट गरेका छन्, ‘हामी इरानविरुद्ध सोमवारदेखि नयाँ प्रतिबन्ध लगाउनेछौं। ’

इरानले गत साता अमेरिकी ड्रोन खसालिदिएपछि खाडी क्षेत्रमा तनाव बढेको छ। अमेरिकाले खाडीमा सैनिक पठाउन थालेको छ। ओमानको खाडीमा भएको तेल ट्यांकर आक्रमण इरानले गरेको अमेरिकी आरोप छ। इरानले यसलाई खण्डन गर्दै आएको छ।

बोल्टनद्वारा इरानलाई चेतावनी

जेरूसेलम : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाद्वारा इरानविरुद्ध गरेको आक्रमणको तयारीबाट पछि हट्नुलाई ‘कमजोरी’ नठान्न इरानलाई चेतावनी दिएका छन्।

जेरुसेलम भ्रमणमा रहेका बोल्टनले आइतबार इजरायली प्रधानमन्त्रीसँगको भेटपूर्व सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘इरान वा उसका सहयोगी अन्य कुनै मुलुकले घटनालाई कमजोरी नठानोस्। यो त केवल अमेरिकाद्वारा धेरै मानिसको क्षति नहोस भन्नका लागि अपनाएको सावधानी हो। ’ त्यस बेला अमेरिका संयमित नबनेको भए धेरै निर्दोष इरानी सर्वसाधारणको पनि ज्यान जाने उनले चेतावनी दिए।

उनले इजरायली प्रधानमन्त्री नेतन्याहुसँग भेटेपछि प्रतिक्रिया दिँदै भने, ‘मध्यपूर्वका जनतामाथि धावा बोल्ने अधिकार कसैलाई छैन। ’ बोल्टनले इरानलाई आणविक हतियार निर्माण गर्न र भण्डारण गर्न कहिल्यै पनि नदिइने बताए।

यसैबीच बेलायती विदेश मन्त्रालयका अधिकारी इरानी अधिकारीसँग भेट गरेका छन्। पश्चिम एशियाका लागि विदेशमन्त्री एन्ड्रयू मरिसनले इरानी विदेश सम्बन्धका रणनीति परिषद्का प्रमुख कमाल करजईलाई भेटेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.