इथियोपियाका सेनापतिको हत्या

इथियोपियाका सेनापतिको हत्या

अदिस अबाबा : इथियोपियाका प्रधानसेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन्। टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले विफल बनाएको जानकारी दिएका छन्।

सैनिक पोशाकमा टेलिभिजनसामु देखिएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिए।उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र केही उच्च अधिकारीको हत्या भएको छ। अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ।घटनाको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन। ऋदिस अबाबास्थित अमेरिकी दूतावासले शहरका विभिन्न भागमा गोली चलेको जनाएको छ।

प्रधानमन्त्रीको कार्यालयले पनि इथियोपियाको दोस्रो ठूलो शहर अम्हारामा सैनिक विद्रोह भएको घोषणा गरेको थियो।मुलुकका नौवटा स्वायत्त क्षेत्रमध्ये अम्हारा दोस्रो ठूलो हो।यसको सीमा सुडानसँग जोडिएको छ।

आक्रमणमा जिम्मेवार पक्षका बारेमा थाहा भइनसकेको पनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।इथियोपियालाई स्थायित्व दिने र सुधारतर्फ अग्रसर गराउने प्रधानमन्त्री अहमदको योजनामा पछिल्लो घटनाले ठूलो चोट पु¥याएको छ।प्रधानमन्त्री कार्यालयको वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रोह अवैधानिक रहेको र निकै प्रयत्नबाट हासिल गरिएको शान्तिलाई ध्वस्त पार्न खोजिएको उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.