सिमलका रूखका बस्न रुचाउने गिद्ध

सिमलका रूखका बस्न रुचाउने गिद्ध

उदयपुर : लोपोन्मुख पन्छी गिद्धको संरक्षणमा उदयपुरको बेलका नगरपालिका जुटेको छ। नगरपालिकाले वडानम्बर ७ र ८ को सिमानामा पर्ने सुगाचरी भीरमा गिद्धको बासस्थान बनाउने तयार गरेको छ।

आगामी आर्थिक वर्षबाट संरक्षणसम्बन्धी योजना सञ्चालन गर्ने गरी चालू आर्थिक वर्षबाट केही काम सुरु गरिएको बेलका नगरपालिका– ८ का वडाध्यक्ष जयकुमार राईले बताए। उनले भने, ‘ठाउँको पहिचान, आहार व्यवस्थालगायतका केही काम यसै वर्ष गरिएको छ, बाँकी आगामी आर्थिक वर्षमा गर्छौं।’

‘बेलकाको सबैभन्दा धेरै गिद्ध पाइने स्थान भनेको सुगचरी भीर हो,’ उनले भने, ‘अहिले त्यस क्षेत्रलाई नगरपालिकाबाट हामीले संरक्षण गर्ने अभियान नै सुरु गरेको छौं।’ संरक्षित क्षेत्रमा कात्तिकदेखि चैत्र महिनासम्म ठूलो संख्यामा गिद्ध बस्ने गरेको उनले बताए।

सुगाचरी भीरमा ६ सयभन्दा बढी गिद्धको बासस्थान रहेको वडाध्यक्ष राईले बताए। ‘गाउँघरमा मरेको पशु त्यस क्षेत्रमा लगेर मिल्काउने गरेको छौं,’ उनले भने, ‘जुन गिद्धका लागि आहारा हुन्छ।’ बासस्थानका लागि त्यस क्षेत्रका जंगलमा भएका ओडारहरूको विशेष संरक्षण थालिएको वडाध्यक्ष राईको भनाइ छ।

पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहरू लामो समयदेखि त्यस क्षेत्रमा बस्दै आएको स्थानीयहरूको भनाइ छ। खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि साँझपख बाँस बस्न सुगाचरी भीर नै आउने गरेको स्थानीय सुरेन्द्र राई बताउँछन्।

नगरप्रमुख दुर्गाकुमार थापा (स्वस्ति) ले गिद्ध संरक्षण गर्न अहिले बेलका क्षेत्रका मरेका घरपालुवा जनावरलाई गिद्ध बसोबास गर्ने क्षेत्रमा राखिदिन नगरपालिकाले सुरु गरेको बताए। ‘अहिले सुगाचरी भीर क्षेत्रका आसपास क्षेत्रमा सिमलका रूख नगरपालिकाले गिद्ध संरक्षणाका लागि रोप्ने र हुर्काउने अभियान थालेको छ,’ उनले भने, ‘गिद्धले सिमलका रूखमा बस्न मन पराउने हुनाले यसको संरक्षणका लागि सिमलको बिरुवा हुर्काउन थालिएको छ।’

यस्तै, गिद्धको अध्ययन गर्न चरा विशेषज्ञहरूसमेत झिकाउने तयारी गरिएको थापाको भनाइ छ। संरक्षण गर्न सके लोप हुँदै गएको गिद्ध हेर्न र अध्ययन गर्न आउने पर्यटकको आगमनमा वृद्धि हुने भएकाले यो अभियान सुरु गरिएको नगरपालिकाका प्रवक्ता मोहनप्रसाद घिमिरेले बताए।

बेलकास्थित मैनामैनीको सुगाचरी भीर करिब पाँच हजार एक सय फिटको उचाइमा रहेको छ। गिद्धका लागि पूर्वीक्षेत्रकै उपयुक्त बासस्थान रहँदै आएको कारण पनि यस क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र बनाइएको घिमिरेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.