म्युजिक भिडियाेमा आयुष्मान–प्रियंकाकाे बिछोड

म्युजिक भिडियाेमा आयुष्मान–प्रियंकाकाे बिछोड

काठमाडौं : रियल लाइफमा आयुष्मानको इन्गेजमेन्ट औंठी लाइसकेकी अभिनेत्री प्रियंका कार्कीले रिल लाइफमा भने धोका दिएकी छन्। गायक मोहन राईको गीत ‘मायाको खेल, आँसुको भेल...’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको बिछोड देखाइएको छ। दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन्।

बाटोमा लिफ्ट माग्ने क्रममा भेटिएकी प्रियंकालाई आयुष्मानले एकतर्फी माया गर्छ। पेसाले चित्रकार यिनले प्रियंकाको पेपर र पेन्सिल माध्यमबाट मुहारचित्र उतार्नेदेखि डान्स बारको नृत्यांगनासम्ममा प्रियंकाकै अनुहार देख्न थाल्छ। जब आयुष्मानले प्रेम प्रस्ताव राख्छन्, प्रियंका बिच्किन्छिन्। यसपछि आयुष्मानले प्रियंकाको तस्बिर जलाउँछन्। थुप्रै छोटो फिल्म निर्देशक गरिसकेका र थुप्रै फिल्ममा मुख्य सहायक निर्देशनको भूमिका गरिसकेका महर्जनले म्युजिक भिडियोलाई कथानक रूपमा ढालेका छन्। पात्रहरूको बीचको तनाव सिर्जना गर्न उनी सफल छन्। म्युजिक भिडियो हेरिरहँदा पनि लघु फिल्मको झल्को मिल्छ।

गीतको भावअनुसार नै नृत्यभन्दा कथा हावी गराएको गायक राईले बताए। राईको एल्बम ‘मायाको खेल’ मा भने आठवटा गीत समेटिएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राष्ट्रिय भावको गीत ‘हिमालको पाखाभरि’ देखि व्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहारुङ राई, मुकेश राईसम्मका गीत छन्। संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन्।

भिडियाे :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.