जाममा फसेका गाडीले हर्न बजाएपछि रत्नपार्कमा जे देखियो (भिडियो)
![जाममा फसेका गाडीले हर्न बजाएपछि रत्नपार्कमा जे देखियो (भिडियो)](https://annapurnapost.prixacdn.net/media/albums/road-jam-after-guthi-bill-rally-at-ratnapark-by-sunita-dangol-01-1_20190624125713_WHw9bov.jpg)
काठमाडौं : सरकारले गुठी विधेयक फिर्ता लिए पनि यसविरुद्धको आन्दोलन रोकिएको छैन। गुठियार नेतृत्वमा जारी आन्दोलनका सहभागीले विधेयक फिर्ता लिएरमात्र नहुने खारेज नै गर्नुपर्ने माग राखेका छन्।
सोमबार आन्दोलनकारीहरू रत्नपार्क हुँदै अगाडि बढ्दा नेपाल विद्युत प्राधिकरण अगाडि अलगै दृश्य देखियो। नराबाजी गर्दै अगाडि बढेका आन्दोलनकारीको भीडका कारण उक्त बाटो हुँदै अगाडि जाने गाडीहरू जाममा फसे।
जाममा फसेका सयौँ गाडीहरूले आन्दोलनकारीलाई 'हट्न' भन्दै हर्न बजाउन थाले। तर आन्दोलनको मुडमा रहेका प्रदर्शनकारीहरू पनि के कम ? कतिपय पछाडि फर्केर जाममा फसेका गाडीहरूमाथि नै जाइ लाग्न लागे।
यसक्रममा प्रहरीलाई पनि स्थिति नियन्त्रणमा लिन निकै सकस पर्यो। कतिपय आन्दोलनकारी नै आफ्ना पक्षका लागि रोक्न लागिरहेका थिए। अन्तिममा आन्दोलनकारी र जाममा फसेका गाडीवालाहरूको संयमता तथा प्रहरीको प्रयासले स्थिति नियन्त्रणमा आयो।
हेर्नुस् भिडियोः
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)