त्यो फ्रान्सेली भाले जसले बासेकै कारण अदालतमा मुद्दा खेप्नुपर्‍याे !

त्यो फ्रान्सेली भाले जसले बासेकै कारण अदालतमा मुद्दा खेप्नुपर्‍याे !

पेरिस : फ्रान्सको सेन्ट पिएरे दे अनोरेन नामको एउटा सानो गाउँ, जहाँ एउटा भाले छ । एक वृद्धाले हुर्काएर पालेको त्यो कुखुराको भाले ‘संसारभर चिनियो’ भन्ने सुन्दा अनौठो लाग्ला !

‘मउरिस’ नामको भाले अरु विशेष कारणले हैन एकाबिहानै बासेकै कारण चिनिएको हो । ‘बासेकै कारण संसारभर चिनियो ?’ तपाईँलाई लाग्ला कि, यो भाले अरु भन्दा भिन्न तरिकाले बास्छ !

हैन । सबै भालेहरु झैँ मउरिस पनि ‘कुखुरी काँ...’ नै गर्छ । र त्यस बिहान पनि यसले त्यसरी नै बासेको थियो । तर यो अवोध भालेलाई के थाहा कि, बिहान बासेकै कारण मुद्दा खेप्नुपर्छ भनेर ! हो, फ्रान्सको सेन्ट पिएरे दे अलोरेनमा बस्दैआएकी कोरिन फसो नामकी एक वृद्धाले पालेको भाले अहिले अदालतमा मुद्दा खेप्नुपर्‍याे ।

भालेलाई मुद्दा किन ?

सेन्ट पिएरे दे अनोरेन त्यस्तो ग्रामिण टापु हो, जहाँ सहरीयाहरु प्राय बिदा मनाउन पुग्छन् । यसै क्रममा एक सहरीया जोडी कोरिन फसोको छिमेकमै पुगेको थियो बिदा मनाउन ।

शान्तपूर्ण वातावरणको आनन्द लिन यहाँ पुगेको त्यो जोडीलाई एका बिहानै ‘डिस्टर्ब’ गर्यो त्यही भालेले । उनीहरु रिसाएनन् मात्रै, अदालतमै मुद्दा दायर गरिदिए ।भालेकी मालिकनी फसो भने उसलाई काखमा च्याप्दै भालेले पनि बोल्न पाउने बताएकी थिइन् । साथै आफू यसका कारण तनाबमा रहेको उनको भनाइ थियो । बच्चा जस्तै माया गरेको भालेको दोष नहुँदा नहुँदै पनि मुद्दा खेप्नु परेको पीडा उनले मिडियालाई सुनाएकी छन् ।

अमेरिकाको पत्रिका ‘न्युयोर्क टाइम्स’ले यही सोमबार अर्थात् जुन २४ मा यो समाचारलाई आफ्नो ‘कभर स्टोरी’ नै बनाएको छ । जहाँ उक्त कुखुराको भाले ‘भाले’ मात्रै नभएर फ्रान्सको पुरानै सहर र गाउँबीचको द्वन्द्वको झल्को दिने संकेतको रुपमा समेत व्याख्या गरिएको छ । साथै उक्त भाले अहिले राष्ट्रिय मुद्दा नै बनेको बताइएको छ ।

न्युयोर्क टाइम्सको उक्त भालेको समाचारसँगै अनेक विषय र टिप्पणी पनि उजागर भएका छन् । मानव अधिकारको सीमा कहाँसम्म हो त ? के गाउँलेले पालेका कुखुरा वा चराहरु, गाइ, भैँसीहरु नै कराउन नै नपाउने हुन् त ? मउरिसको मुद्दासँगै यस्ता विषयमा पनि बहस र टिकाटिप्पणी हुन थालेको छ ।

पछिल्लो समय खासगरी ग्रामिण भेगमा परम्पराकै रुपमा रहेका चिजमा मानव अधिकारसँग जोडेर गरिएका व्याख्या पूर्ण नभएको पनि टिप्पणी हुन थालेको छ ।त्यसो त केही वर्षअघि चर्चमा घण्ट बजाइएको कुरालाई लिएर पनि अदालतमा मुद्दा दायर भएको थियो । यसपटक भने फ्रान्सको यो मुद्दामा अदालतले भालेको पक्षमा अदालतले फैसला गरिदिएको छ । गाउँमा पालिने यस्ता जनावर, चराहरु आफूखुसी बास्न वा कराउन पाउने भन्दै अदालतले फैसला गरिदिएको हो ।
मउरिसकी मालिकनी फसोले भने भालेको पनि अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्नुपर्ने भन्दै ‘डिफेन्स’ गरेकी थिइन् ।

यस्तै मेयर दु सेजरले मउरिसको पक्षमा वकालत गर्दै संस्कृति मन्त्रालयलाई पत्र लेखी ग्रामिण भेगमा किसानले पाल्दैआएका जनावर तथा चरा स्वतन्त्र रुपमा कराउन पाउनुपर्ने भन्दै आग्रह गरेका थिए । उनी लगायत केही संस्था तथा निकायबाटै भालेको पक्षमा आवाज उठ्यो । यस्तै मेयर क्रिस्टोफ स्युरले पनि यदी कोही ग्रामिण भेगमा जान्छ भने त्यहाँ जे छन् तिनलाई स्वीकार गर्नुपर्ने बताएका थिए । जुन चिजलाई परम्पराकै रुपमा लिनुपर्ने उनको तर्क थियो ।

(न्युयाेर्क टाइम्सबाट)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.