लुगा सुकाउने क्रममा करेन्ट लागेर मृत्यु
टीकापुर : कैलालीको सुदूरपूर्वी जानकी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। जानकी गाउँपालिका वडा नम्वर ५ बस्ने २३ वर्षीय मिना चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार आफ्नै घरमा लुगा सुकाउने क्रममा लुगा नजिकै रहेको बिजुलीको तारमा अल्झिएपछि चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी मनोहर प्रसाद भट्टले घरको टीनमा बाधेको तारमा लुगा सुकाउने क्रममा घटना भएको अनुमान गरे।
मृतक चौधरीको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
१