चिलीलाई हराउँदै उरुग्वे समूह विजेता, जापान बाहिरियो

चिलीलाई हराउँदै उरुग्वे समूह विजेता, जापान बाहिरियो

रियो दी जेनेरियो : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा समूह चरणका खेल सकिएको छ । मंगलबार बिहान भएको खेलमा उरुग्वेले साविक सवजेता चिलीलाई पराजित गरी समूह सीको सपवेता बन्न सफल भयो । खेलको अन्तिमसम्म गोलरहित बराबरी रहेकोमा ८२ औं मिनेटमा काभानीले गोल गरी उरुग्वेलाई महत्वपूर्ण जित दिलाए । ७ अंक बनाएको उरुग्वे समूह विजेता बन्न सफल भयो । ६ अंक रहेको चिली उपविजेता बन्दै क्वाटर फाइनलमा  प्रवेश गर्‍यो 

अर्काे खेलमा जपान र इक्वडर बराबरी खेले इक्वडरसँग बराबरी १–१ को बराबरी खेलेपछि उत्कृष्ट तेस्रो टोली हुँदै क्वाटर फाइनल पुग्न जपान असफल बन्यो । २ अंक बनाएको जापान समूह बी को पराग्वेसँग गोल अन्तरमा पछि परी प्रतियोगिताबाट बाहिरियो । १ अंक रहेको इक्वइडर पनि कोपा अमेरिकाबाट बाहिरिएको छ । 

समूह यसअघि नै ब्राजिल, भेनेजुएला र पेरु नक आउट चरणमा पुगिसकेका छन् । समूह बी बाट कोलम्बिया र अर्जेन्टिनाले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका थिए । समूह बी कै पेरु समूह सीको जापान र इक्वइडरको आजको खेलमा अनुकुल नतिजा आएपछि क्वाटर फाइनल पुग्न सफल भयो । जापान र इक्वइडर मध्ये एक टोलीले जितेको भए जित्ने टोली नै क्वाटर फाइनल पुग्थ्यो ।  कतार र बोलिभिया पनि प्रतियोगिताबाट बाहिरिएका छन् । 

क्वाटर फाइनलका खेल शुक्रबारबाट हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.