काभ्रेमा बम आतंक
काभ्रे : नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द सफल पार्न काभ्रेका विभिन्न ठाउँमा बम राखेर जनजीवन प्रभावित पार्ने काम भएको छ । बन्दको प्रभाव देखाउन विभिन्न ठाउँमा बमजस्तै देखिने शंकास्पदवस्तु राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताएका छन्। पनौती र धुलिखेलमा शंकास्पद राखिएको र नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरिसकेको छ ।
तर्साउनको लागि मात्र बियरको बोतलमा बालुवा भरेर कतै कुकरमा भुस भरेर राखेको पाइएको डिएसपी गिरीले जानकारी दिए। धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम फेला परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएका छन् । धुलिखेलमा मंगलबार बिहान ३ बजे, पनौतीमा बसपार्कमा पौने ५ बजे र खोपासी जानेपुलमा ४ः५१ बजे मा नेपाली सेनाले बम डिस्पोज गरेको डिएस्पी दिपक गिरीले जानकारी दिए ।
स्थानीयले भने ठूलो आवाजले पड्किएकाले पड्काएको भन्ने आशंका गरे । प्रहरीले होक्स बम भने काभ्रेमा बन्दका ेअसर देखिएको छ ।पसल खुलेपनि लामो दूरीका गाडी चलेका छैनन् धुलिखेल-बनेपा-काठमाडौं चल्ने बसहरु भने पातलो चलेका छन् ।