विदुरका मेयरको घरमा बम
नुवाकोट : विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा प्रेस कुकर बम भेटिएको छ। मेयर पण्डितको विदुर नगरपालिका–९ विजुरामा रहेको घरमा सोमबार राति प्रेसर कुकर बम फेला परेको हो।
बम मंगलवार बिहान नेपाली सेनाको जवरजंग गणको वम डिस्पोजल टोलीले निस्क्रिय पारेका छन् । राति १२ बजे मेयर पण्डितको घरको मुल ढोका अगाडी झुण्ड्याइएको अवस्थामा वम फेला परेको थियो रातिको भएकाले बिहान मात्रै बम डिस्पामेजल गरिएको जवरजंग गणका गणपति प्रमुख सेनानी अच्युत शाहले जानकारी दिए। मेयरको घरमा बम राखेको जानकारी पाएपछि स्थानीय त्रसिद बनेका थिए।
वम फेला परेको ६ घण्टापछि पारेको र म राख्नेको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले जानकारी दिए।