सडकमा राखेको बम निष्क्रिय

सडकमा राखेको बम निष्क्रिय

बैतडी : महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा राखिएको बम निष्क्रिय पारिएको छ । सडकको बीचमा राखेको बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । 

सडकमा बम राखेको खबर पाएपछि मंगलबार  बिहानै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली धरमघर पुगेको थियो । मंगलबार बिहान दुई बजेतिर सडकमा बम राखेको खबर प्रहरीलाई प्राप्त भएको थियो ।  राति हिडेका यात्रुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडकमा बम भएका कारण रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइने काम भइरहेको प्रहरी निरीक्षक पातलीले बताए ।

बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम राखेको प्रहरीको भनाइ छ ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.