अछामका दुई वडा कार्यालयमा आगजनी

अछामका दुई वडा कार्यालयमा आगजनी

अछाम : अछामका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति पञ्चदेवल बिनायक नगरपालिकाको वडा नम्बर ३ र ढकारी गाउँपालिका ५ नम्बर वडा कार्यालयमा आगजनी गरिएको हो । 

प्रहरीकाअनुसार पञ्चदेवल बिनायक–३ को कार्यालयमा डिजेल छर्केर अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट वडा कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, एकथान कम्प्युटर, एकथान प्रिन्टरका साथै कुर्सी, टेबुल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए । 

यता ढकारी गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा मंगलबार बिहान करिब ४ बजेतिर अज्ञात समूहले आगजनी गरेको छ ।  घटनास्थलमा प्रहरी पुग्न नसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ । ‘प्रहरी चौकीबाट उक्त वडा कार्यालय पुग्न करिब ४ घण्टा पैदल हिड्नुपर्छ’डिएसपी जनक शाहीले भने–‘५ नम्बर वडा कार्यालय पुर्णरुपमा जलेको छ भन्ने खबर पाएका छौ, त्यहाँ प्रहरी पठाईसकेका छौ ।’ विप्लव समूहले आगजनी  गरेको  प्रहरीको आशंका छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.