गुठी नमास, बरु व्यवस्थित गर

गुठी नमास, बरु व्यवस्थित गर

चीनमा सन् १९५८–१९६० को ‘द गे्रट लिप फर्वार्ड’ नामक आर्थिक–सामाजिक अभियानमार्पmत मुलुकको कायापलट गर्ने अध्यक्ष माओत्से तुङ तथा चिनियाँ कम्युनिस्ट पार्टीको सोच र सपना असफल भएपछि त्यहाँ करोडौं मानिसको ज्यान जाने गरी अनिकाल लागेको थियो। सन् १९६० को पूर्वार्धमा माओको प्रभाव पार्टीमा घट्दै गएपछि उनले सन् १९६६ मा सांस्कृतिक क्रान्तिको घोषणा गरेर युवा तथा विद्यार्थीहरूको बलमा तथाकथित पुनरुत्थानवादीहरूलाई तह लगाउने भन्दै मुलुकबाट पुरातन विचार, संस्कृति, संस्कार र चालचलन निमिट्यान्न गर्ने उद्घोष गरे।

यससँगै उनका रेड गार्डहरू गाउँगाउँमा पुगेर उनको विचारसँग असहमत व्यक्तिहरूलाई तह लगाउँदै विद्यालय, मठमन्दिर, चर्च, धार्मिक र सांस्कृतिक केन्द्रहरू बन्द गरिदिएर धर्म र संस्कृतिमाथि धावा बोल्न थाले भने मुलुकभरका लाखौं ऐतिहासिक धरोहर नष्ट गरिए अनि झण्डै चार लाख मानिस मारिए पनि। यस अवधिमा चीनले निकै ठूलो नोक्सानी व्यहोर्नु पर्‍यो। यही घटनापश्चात् चीनमा माओकै पत्नी च्याङ चिङको नेतृत्वमा ग्याङ अफ फोर बन्यो र विस्तारै ढल्किँदो उमेरसँगै अध्यक्ष माओको सबै शक्ति यिनै ग्याङ अफ फोरको हातमा पुग्यो।

आफ्नो शक्ति कायम राख्न अध्यक्ष माओले युवा तथा विद्यार्थीहरूको परिचालन यसरी गरेको भए पनि उनको समग्र योगदानले चीनको सर्वोपरि विकासमा अझ पनि निकै महत्व राख्छ। त्यसैले आज पनि उनलाई पुज्न चिनियाँ जनताले छाडेका छैनन्।

नेपालमा कम्युनिस्ट आन्दोलनको खासगरी सुरुका दिनहरूमा समाजमा साँच्चै एक प्रकारको व्यावहारिक तथा सकारात्मक परिवर्तन ल्याउने सोचको विकास भएको र आजसम्म आइपुग्दासमेत कम्युनिस्ट आन्दोलनकै कारण धेरै किसिमका सकारात्मक सामाजिक परिवर्तन समाजमा भएका भए पनि बेलाबेलामा कैयन् प्रभावकारी कम्युनिस्ट नेताहरूका अभिव्यक्ति र उनकै सरकारहरूका खासगरी धर्म, संस्कृति र विभिन्न समुदाय तथा नागरिकतासम्बन्धी विवादास्पद अभिव्यक्ति तथा निर्णयहरूले उनीहरूको मस्तिष्कमा चीनको सांस्कृतिक क्रान्तिले कसरी जरा गाडेर बसेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ।

विभिन्न पार्टीका कैयन् नेताहरूले आमा–बुवाका तेह्रदिने किरियाकर्म वा श्राद्घ नगरेर आफूलाई क्रान्तिकारी र आधुनिक विचारधाराका व्यक्ति भएको सावित गर्ने, आफ्ना मौलिक धर्म र संस्कृति नमान्ने र यसलाई निमिट्यान्न पार्न विभिन्न कानुन र नियम बनाउने, घरको धर्म र संस्कृति ध्वस्त पार्न बाहिरकालाई अदृश्य तवरले प्रोत्साहित गर्ने, धर्म परिवर्तन गर्न खुलेका संस्थाहरूलाई खुलेआम काम गर्न दिने, परिवारमा शदीयौंदेखि चलिआएका मूल्य र मान्यता नयाँ पिँढीलाई मान्य नहुने अवस्था सिर्जना गरेर परिवारलाई विभाजनको सँघारमा पुर्‍याउने तर अकूत धन जसरी भए पनि अधिकतम रूपमा कमाएरै छाड्ने र इमानदार राजनीतिक सहयात्रीलाई भने कट्टरपन्थीको संज्ञा दिएर आफ्नो समुदायबाट अलग गर्ने वा एक्लो बनाउने कार्य देख्दा अचम्म लाग्छ।

यस्ता अधिकांश नवधनाढ्य कुबेर कम्युनिस्ट तथा प्रजातन्त्रवादीहरू स्वयम्ले कम्युनिस्ट र समाजवादी दर्शन राम्ररी बुझेका छैनन् र बुझ्न पनि सक्दैनन्। कार्ल माक्र्सको ‘दास क्यापिटर’ एउटा यस्तो विस्तृत आर्थिक दस्ताबेज हो, जुन अर्थशास्त्रका धुरन्धर विद्यार्थीलाई समेत राम्ररी बुझ्न हम्मे पर्छ। पुँजीवादी आर्थिक व्यवस्थालाई समेत आजको अवस्थासम्म परिमार्जित गर्न उक्त दास क्यापिटलको ठूलो भूमिका रहेको छ। तर अधिकांश नेपाली कम्युनिस्ट तथा समाजवादीहरूले विश्वमा भएका कम्युनिस्ट आन्दोलनबाट सिकेको मूल मन्त्र नै आफ्नो मुलुकको धर्म–संस्कृति र सामाजिक स्वरूप कसरी ध्वस्त पार्ने र यस कार्यमा युवा र विद्यार्थीको सहयोग लिन उनीहरूलाई कसरी उपयोग गर्ने भन्ने नै रह्यो। नेपालमा कैयन् आन्दोलन भए, ती सबै युवा तथा विद्यार्थीहरूकै भूमिका र सहयोगबाट सफल भए, तर बदलिँदो परिस्थितिबाट नेता र उनका आसेपासेबाहेक अरू कोही लाभान्वित हुन सकेनन्।

आज दुईतिहाइको कम्युनिस्ट सरकार हुँदा पनि मुलुकका सबै पक्षको हितका लागि गर्न सकिने र नगरी नहुने कैयन् समाजवादी कदम थाँती राखेर सरकार गुठीको जग्गा राष्ट्रियकरण गरेर क्रान्तिकारी बन्ने प्रयासमा लागिपरेको छ। भूमिसुधारका कार्यक्रम ल्याएर अत्यधिक जमिन ओगटेर बसेका निस्क्रिय जमिनदारबाट जमिन फिर्ता लिने, ससाना हिस्सामा बाँडिएका जमिनलाई एकीकृत गरेर आधुनिक तवरको सामुदायिक कृषि प्रणालीमा जान विपन्न कृषकलाई सहयोग गर्ने, कृषि बजार र सामग्रीको जोहो र विकास गर्नेजस्ता आधुनिक क्रान्तिकारी कदम चालेको खै सरकारले ?

विक्रम संवत् ५०० तिरदेखि आजको नेपाल भएको ठाउँमा अवस्थित विभिन्न राज्यका शासकहरू तथा धर्मभिरु धनाढ्यद्वारा पूजाआजा तथा धर्म–संस्कृति रक्षाका लागि स्थापित गुठीहरूको जग्गा हाल आएर राष्ट्रियकरण गर्नुभन्दा यस्ता जग्गाको संवद्र्धन गरी यस्ता जग्गाबाट हुने आम्दानीलाई धर्म, संस्कृति र समाज कल्याणका कार्यमा गुठीयारमार्पmत नै कसरी व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ भनेर सरकारले सोच्नुपर्ने र विस्तृत अन्तरक्रिया गर्नुपर्ने होइन र ?

नेपालमा हुने गरेका विभिन्न जात्रा, धार्मिक क्रियाकलापको अवलोकन गर्नसमेत पर्यटकहरू यहाँ आउने गर्छन्। जापान, ताइवान, चीन, भारत, थाइल्यान्ड, मलेसिया, म्यानमार आदि देशमा पनि कैयन् प्रकारका जात्रा तथा पर्वहरू मनाइन्छन् र तिनीहरूलाई भव्य रूपमा मनाउन त्यहाँका सरकार र गुठीहरू सबैको ठूलो भूमिका रहेको हुन्छ। नेपालमा विगत दुई शताब्दीमा डेढ दर्जनभन्दा बढी ठूला भूकम्प गइसकेका छन्। ती अधिकांश घटनापश्चात् राहत र पुनर्निर्माणमा समेत गुठीहरूको ठूलो योगदान रहेको छ। गुठी भनेको जग्गा वा रकम मात्र नभई एउटा अनुशासित समुदाय हो भन्ने हामीले बुझ्नुपर्छ।

केही दिनयता मुलुकमा सरकारको हालैको गुठीसम्बन्धी नीतिका कारण निकै ठूलो हंगामा मच्चिइरहेको छ भने सरकारको आफ्नै पार्टीभित्र समेत मतभेद देखिएपछि प्रधानमन्त्रीबाट भर्खरै मात्र सो प्रस्ताव बदर गरेको घोषणा भएको छ, जुन स्वागतयोग्य छ। तर, आम जनता त्यस्ता प्रस्ताव खारेज नै हुनुपर्ने अडानमा छन् ताकि केही समयपछि यो फेरि नब्युँतियोस्।

अब आज आएर जब गुठीबारे यति धेरै बहस भइसकेको छ भने सरकारले गुठीको जग्गाको लगतसमेत पुनरावलोकन गरेर जग्गा हडप्ने गिरोहलाई कडा से कडा कारबाही गरी गुठीको जग्गा सम्बन्धित गुठीकै अधीनमा ल्याई यी गुठीको आम्दानी कसरी वृद्घि गर्ने र यिनको उद्देश्य पूरा हुने रकमपश्चात्को अतिरिक्त आम्दानी यिनै गुठीहरूमार्पmत कसरी लोककल्याणमा लगाउन सकिन्छ भनेर सोच्ने बेला आएको छ।

भारतका कैयन् मठमन्दिरको जमिन र भक्तजनबाट प्राप्त हुने भेटीवापतको ठूलो धनराशिबाट मन्दिरको पूजाआजाका साथै निःशुल्क अस्पताल र विश्वविद्यालयसमेत सञ्चालनमा छन्। बरु एउटा जम्बो टोली दक्षिण र दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकमा यसबारे केकस्तो व्यवस्था गरिएको रहेछ भन्ने कुरा बुझ्न गए पनि हामी जनताको कपाल त्यति दुख्ने छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.