विप्लवको बन्द : देशभर के भयो ?

विप्लवको बन्द : देशभर के भयो ?

काठमाडौं  : मंगलबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दकोआह्वान गरेको छ। यस क्रममा ७ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौंको सुकेधाराबाट ट्याक्सी चालक भोगीराज राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कास्कीबाट एक, मकवानपुरबाट एक र रुकुम पश्चिमबाट ४ जना विप्लव कार्यकर्ता पक्राउ परेको प्रहरी मुख्यालयका प्रवक्ता डीएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । 
प्रवक्ता पोखरेलकाअनुसार मंगलबार दिउँसो १२ बजेसम्म देशैभर २२ ठाउँमा स्थानमा शंकास्पदवस्तु फेला परेका छन् । ९ स्थानमा होक्स बम(नक्कली बम) राखिएको भेटिएको छ।

 तीन ठाउँमा ग्यास सिडिन्डर बम, २ स्थानमा सकेट बम, एउटा सुतली बम फेला परेका छन्। त्यसैगरी एक स्थानमा टाइम र एक स्थानमा आइसी आरडी फेला परेको प्रवक्ता पोखरेलले बताए। 

बन्दका क्रममा ४ ठाउँमा तोडफोड भएको प्रहरीले जानकारी दिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.