कविताबाट सरकारको बचाउ

कविताबाट सरकारको बचाउ

कृतघ्नता र विश्वासघातका कारण

कहिलेकाहीँ त मर्माहत हुन पुग्छ जीवन...

कहिले आइलाग्छ जीवन

कहिले भने आइलाग्नेमाथि जाइलाग्छ जीवन

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल प्रज्ञाप्रतिष्ठानको ६२औं वार्षिकोत्सव तथा कविता महोत्सवमा माथिको कविता वाचन गरेका हुन्। सोमबार भएको कार्यक्रममा मन्त्री पोखरेलले ‘जीवन र मृत्यु’ शीर्षकको कविता वाचन गरेर सरकारलाई जनस्तरबाट लागिरहेको आक्षेपको सांकेतिक बचाउ गरे।

कार्यक्रममा पोखरेलले देशलाई समृद्ध बनाउने जिम्मा नेताहरूको मात्र नभएको बताए। ‘मुलुक निर्माणमा राजनीतिक दललगायत बौद्धिक वर्गको भूमिका अहम् रहन्छ’, उनले भने।

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सुसंस्कृत समाजको परिकल्पना गरेर ल्याएको पोखरेलले बताए। पछिल्लो पटक सरकारको कामप्रति भइरहेको एकोहोरो विरोधप्रति लक्षित गर्दै मन्त्री पोखरेलले विरोधमा मात्र विरोध र समर्थनमा मात्र समर्थन समृद्ध देश निर्माणका लागि घातक अभ्यास भएको बताए।

भौतिक समृद्धि मात्र देश विकासको पर्याय नभएको बताउँदै पोखरेलले भने, ‘अब सोलोडोलो कुरा गरेर हामी उम्कन सक्दैनौं। देश बनाउन हामीमा विवेचनात्मक कोण विकास हुनु आवश्यक छ।’

मुलुकमा सही राजनीति र सही विज्ञताको विकास गर्न प्रज्ञाप्रतिष्ठानले सही भूमिका निर्वाह गर्नुपर्नेसमेत उनले सुझाव दिए। प्रतिष्ठान समयसँगै अगाडि बढ्नुपर्ने बताउँदै मन्त्री पोखरेलले नीतिगत, संरचनागत र अद्यावधिगत विषयमा प्रतिष्ठान समयसँगै परिवर्तन हुनुपर्ने विचार राखे। ‘प्राज्ञहरू एक अर्कामा हारालुछ गरिरहेको खबर सुन्छु’, उनले भने, ‘अब त्यस्तो सुन्नु नपरोस्।’

हेम प्रभास प्रथम

प्रतिष्ठानले वार्षिकोत्सव मनाउनुका साथै राष्ट्रिय कविता महोत्सवसमेत आयोजना गरेको छ। देशभरिका दुई सय ४० कविबाट छनोट भएर आएका ३१ कविले विविध विषयमा कविता सुनाए। महोत्सवमा हेम प्रभासको ‘प्रदेश गएका पतिको नाममा’ शीर्षकको कविता पहिलो भएको छ। त्यस्तै डोटीका सुवासचन्द्र भण्डारीको ‘किनारका अलिखित संवेगहरू’ शीर्षकको कविता दोस्रो भएको छ। त्यस्तै, लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौंका प्रकाश बस्नेत ‘गफाडी’ संयुक्त रूपमा तेस्रो भएका छन्। कार्यक्रममा अतिथि कविहरूले पनि कविता वाचन गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.