बैतडीमा मोटरसाइकल र ट्रक ठोक्किँदा तीनजना घाइते

बैतडीमा मोटरसाइकल र ट्रक ठोक्किँदा तीनजना घाइते

बैतडी : बैतडीमा मंगलबार एउटा मालवहाक ट्रक र मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते हुनेमा मोटरसाइकल चालक बैतडीको दोगडाकेदार–३ श्रीकोटका १८ वर्षीया मानमती भट्ट, सोही ठाउँका १२ वर्षीया ज्योती जोशी र १५ वर्षीया मिना भट्ट छन् ।

घाइतेमध्ये मानमतीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । मानमतीको टाउको निधार र खुट्टामा चोट रहेको उनले बताएका छन् । घाइते तीनै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

धनगढीवाट दार्चुला जाँदै गरेको ना ६ ख १८३६ नम्बरको ट्रक (टेलर) र खोचलेकबाट सिल्लेगडातर्फ जाँदै गरेको म २ प ११७५ नम्बरको मोटरसाइकल महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा बजार नजिकै दानीमोडमा मंगलबार दिउँसो ३ बजे दुर्घटनामा परेका हुन् ।

साँधुरो बाटो र घुम्ती रहेकाले दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीकोे छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.