अस्ट्रेलिया शीर्ष स्थानमा

अस्ट्रेलिया शीर्ष स्थानमा

लन्डन : कप्तान एरोन फिन्चको शतकको मद्दतमा अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा आयोजक इङ्ल्यान्डलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपमा सात खेलेको अस्ट्रेलियाले १२ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ।

लर्डसमा भएको खेलमा अस्ट्रेलियाले चिरप्रतिद्वन्द्वी इङ्ल्यान्डलाई ६४ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले खराव प्रदर्शन गरेको थियो। ५३ रनमै चार विकेट गुमाएको इङ्ल्यान्डले घरेलु समर्थकलाई निरास बनाउँदै नतिजा अस्ट्रेलियालाई सुम्पिएको थियो। इङ्ल्यान्डले ४४.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो। इङ्ल्यान्डका लागि बेन स्टोक्सले अर्धशतकीय पाली खेले। उनले एक सय १५ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा ८९ रन बनाए। यसैगरी जोनी बेयरस्टले २७, क्रिस वाक्सले २६ र जस बटलरले २५ रन बनाए।

अस्ट्रेलियाका जासन बेरेन्ड्रोफले पाँच विकेट लिए। यस्तै मिचेल स्टार्कले चार तथा मार्कस स्टोइनिक्सले एक विकेट हात पारे।

यसअघि टस जितेर इङ्ल्यान्डले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न मैदान उत्रिएको अस्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको थियो। कप्तान एरोन फिन्चको शतक र डेभिड वार्नरको अर्धशतकमा अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २८५ रनको योगफल खडा गरेको थियो।

कप्तान फिन्चले एक सय १६ बल खेलेर दुई छक्का र ११ चौकाको मद्दतमा एक सय रन बनाए। यस्तै वार्नरले ६१ बलमा ६ चौ काको मद्दतमा ५३ रन बनाए।

३२ वर्षीय फिन्चले जारी विश्वकपमा अस्ट्रेलियाका लागि चार सय ९६ रन बनाइसकेका छन्। श्रीलंकाविरुद्घको खेलमा एक सय ५३ रन बनाएका फिन्चले पाकिस्तानविरुद्घ पनि ८२ रन बटुलेका थिए। यसैगरी उनले अफगानिस्तानविरुद्घ ६६ र बंगलादेशविरुद्घ ५३ रन बनाएका थिए। एकदिवसीय क्रिकेटमा उनको यो १५ औं शतक हो। सन् २०१५ को विश्वकपमा पनि इङ्ल्यान्डविरुद्घ उनले एक सय ३५ रन बनाएका थिए। उक्त खेलमा अस्ट्रेलिया एक सय ११ रनले विजयी भएको थियो।

यसैगरी स्टेभन स्मिथ र एलेक्स क्यारीले समान ३८, उस्मान ख्वाजाले २३ र ग्लेन म्याक्सवेलले १२ रन बनाए। इङ्ल्यान्डका क्रिस वाक्सले दुई विकेट लिए। यसैगरी जोफरा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले एक÷एक विकेट हात पारे।

लर्डस मैदानमा यसअघि सन् २००२ मा भारतले इङ्ल्यान्डले दिएको तीन सय २६ रनको लक्ष्य पूरा गरेको थियो। यो नै अहिलेसम्मको सबैभन्दा ठूलो योगफलको जित हो। यसैगरी सन् २००४ मा वेस्ट इन्डिजले इङ्ल्यान्डविरुद्ध नै दुई सय ८६ र सन् १९९८ मा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध नै दुई सय ७९ रनको लक्ष्य पूरा गरेको थियो।

यसअघि खेलेका ६ खेलमध्ये अस्ट्रेलियाले पाँच र घरेलु टोली इङ्ल्यान्डले चार खेलमा जित निकालेको थियो। अस्ट्रेलियाले आफ्नो पहिलो अफगानिस्तानलाई सात विकेटले पराजित गर्दै सुखद् सुरुवात गरेको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको अस्ट्रेलिया भारतसँग ३६ रनले पराजित भएको थियो। यसैगरी अस्ट्रेलियाले पाकिस्तानलाई १४ रन, श्रीलंकालाई ८७ रन र बंगलादेशलाई ४८ रनले पराजित गरेको थियो।

यसैगरी इङ्ल्यान्डले भने दक्षिण अफ्रिकालाई एक सय चार रनले हराएको थियो भने अर्को खेलमा पाकिस्तानसँग १४ रनले पराजित भएको थियो। यस्तै बंगलादेशलाई एक सय ६ रन, वेस्ट इन्डिजलाई आठ विकेट, अफगानिस्तानलाई एक सय ५० रनले पराजित गरेको थियो। छैटौं खेलमा श्रीलंकासँग भने २० रनले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.