अपराजित रहने दाउमा किविज

अपराजित रहने दाउमा किविज

बर्मिङ्घम : जारी विश्वकपको बुधबार हुने खेलमा बलियो न्युजिल्यान्डले दक्षिण एसियाली टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल बर्मिङ्घमस्थित एजबास्टनमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् । पाकिस्तान सन् १९९२ को उपाधि विजेता टोली हो भने न्युजिल्यान्डले हालसम्म विश्वकपको उपाधि जित्न सकेको छैन ।

यो विश्वकपमा भने पाकिस्तानको तुलनामा न्युजिल्यान्ड निकै बलियो देखिएको छ । यी दुवै टोलीले यो विश्वकपमा हालसम्म ६÷६ खेल खेलिसकेका छन् । न्युजिल्यान्डले एक खेल पनि हारेको छैन भने पाकिस्तानले दुई खेलमात्र जितेको छ । पाँच खेलमा जित हात पारेको न्युजिल्यान्डको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । तीन खेलमा पराजित भएको पाकिस्तानको पनि एक खेल वर्षाका कारण रद्द भएको थियो ।

जारी विश्वकपमा न्युजिल्यान्डको टोली निकै सन्तुलित छ । न्युजिल्यान्डको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट छ । अर्कोतिर पाकिस्तानको प्रदर्शनमा भने निकै उतारचढाव देखिन्छ । वेस्ट इन्डिजविरुद्ध एक सय पाँच रनमै अलआउट भएको पाकिस्तानले बलियो इङ्ल्यान्डविरुद्ध तीन सय ४८ रन बनाएर १४ रनको जित हात पारेको थियो । अन्य टोलीविरुद्धको खेलमा पनि पाकिस्तानको प्रदर्शन एकनासको देखिएको छैन ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुवै टोली एकअर्काका निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई टोली एकदिवसीय क्रिकेटमा सन् १९७३ देखि आपसमा भिड्दै आएका छन् । हालसम्म यी दुई टोलीबीच खेलिएको एकदिवसीय प्रतियोगिताको नतिजालाई हेर्दा न्युजिल्यान्डभन्दा पाकिस्तान केही बलियो देखिन्छ । पाकिस्तान र न्युजिल्यान्डबीच हालसम्म एक सय ६ वटा एकदिवसीय खेल भएको छ । ५४ खेलमा पाकिस्तान विजयी भएको । न्युजिल्यान्डले भने ४८ खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ भने तीन खेल अनिर्णित रूपमा टुंगिएको छ ।

यी दुई टोलीबीच हालसम्म विश्वकपमा खेलिएका खेलको नतिजाले पनि पाकिस्तानलाई नै बलियो देखाउँछ । विश्वकपमा यी दुई टोली आठ पटक आपसमा भिडेका छन् । पाकिस्तान ६ खेलमा विजयी भएको छ भने न्युजिल्यान्डले दुई खेलमात्र जित्न सकेको छ । सन् १९८३ को विश्वकपमा दुई खेल खेलिएकोमा एक खेल पाकिस्तान र एक खेल न्युजिल्यान्डले जितेका थिए ।

यसैगरी सन् १९९२ को विश्वकपमा पनि यी दुई टोलीबीच दुई खेल खेलिएको थियो । ती दुबै खेलमा पाकिस्तान विजयी बनेको थियो । सन् १९९६ को विश्वकपमा पाकिस्तान विजयी भएको थियो भने सन् १९९९ मा खेलिएको दुवै खेलमा पनि पाकिस्तानले नै जित हात पारेको थियो । सन् २०११ विश्वकपमा भने न्युजिल्यान्डले पाकिस्तानलाई हराएको थियो । तर, क्रिकेटमा तथ्यांकले भन्दा पनि वर्तमान समयमा टोलीको प्रदर्शनले ठूलो अर्थ राख्छ ।

समग्रमा भने पाकिस्तानले सन् १९७५ देखि हालसम्म विश्वकपमा कुल ७६ खेल खेलेको छ । ४२ खेलमा विजयी भएको पाकिस्तान ३२ खेलमा पराजित भएको छ । दुई खेल अनिर्णित रूपमा सकिएको छ । यसैगरी न्युजिल्यान्डले विश्वकपमा हालसम्म ८४ खेल खेलेको छ । ५३ खेल जितेको न्युजिल्यान्ड ३० खेलमा पराजित भएको छ । एक खेल भने अनिर्णित रूपमा सकिएको छ ।

आजको खेल

 न्युजिल्यान्डविरुद्ध पाकिस्तान

एजबास्टन (दिउँसो ३ः१५ बजे)

एकदिवसीयमा दुई टोली

कुल : १०६ खेल

पाकिस्तान विजयी : ५४ खेल

न्युजिल्यान्ड विजयी : ४८ खेल

बराबरी : १ खेल

अनिर्णित : ३ खेल

विश्वकपमा दुई टोली

कुल : ८ खेल

पाकिस्तान विजयी : ६ खेल

न्युजिल्यान्ड विजयी : २ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.