एनजीओबाट किशोरीलाईआत्मरक्षा तालिम

एनजीओबाट किशोरीलाईआत्मरक्षा तालिम

जनकपुरधाम : प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको निर्देशनमा एनजीओलाई १ करोडको योजना दिइएको छ। मन्त्रालयले प्रदेश २ का सबै सामुदायिक विद्यालयमा आत्मरक्षा तालिम सञ्चालनका लागि जनकपुरको जनविकास स्रोत मञ्चसँग असार ९ गते सम्झौता गरेको हो।

आठ जिल्लामा किशोरीलाई आत्मरक्षा तालिम दिन असार मसान्तसम्मको समय दिइएको छ। असार १० मा तालिम दिन सुरु गरेको संस्थाले बाँकी २० दिनभित्र एक करोडको काम सक्नेछ। तालिम प्रदान कार्यको प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न वैशाख २२ मा मन्त्रालयको वेबसाइटमा सूचना प्रकाशन गरिएको थियो। सम्बन्धित जिल्लाका संस्थालाई ग्राह्यता दिनुपर्ने भए पनि मन्त्रालयले धनुषाको एउटै संस्थालाई सबै जिल्लामा कार्यक्रम गराउने गरी छनोट गरेको थियो। आठ जिल्लाबाट ८१ संस्थाले प्रस्ताव पेस गरेका थिए।

मन्त्रालयमा आर्थिक चलखेलका आधारमा एनजीओलाई योजना दिइएको स्रोतको दाबी छ। नियम नपु¥याई मन्त्रालयले संस्था छनोट गरेको भन्दै १३ संस्थाले विरोधसमेत गरेका थिए। तर, दाबीविरोधको सुनुवाइ नगरी बिनासूचना असार ९ गते मन्त्री साहको निर्देशनमा जनविकाससँग सम्झौता गरिएको एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए। सम्झौतालगत्तै संस्थाले आत्मरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

१५ दिने आधारभूत तालिमको सुरुवात मंगलबार जनकपुरधामस्थित सरस्वती नमुना उच्च माध्यमिक, कन्या उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का छात्राबाट गरियो। मन्त्री साहले कार्यक्रम उद्घाटन गरेका थिए। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव विशिष्ट अतिथि थिए। ‘महिला हिंसा न्यूनीकरण गर्न खेलकुद उत्तम विकल्प हुन सक्छ’, मन्त्री साहले भने, ‘तालिममा हिंसात्मक घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न ट्रिक सिकाइन्छ, जसले यौनजन्य हिंसाका घटनामा कमी ल्याउँछ।’

कानुनमन्त्री यादवले पनि तालिमकै विषयमा बोले। ‘आपत्विपत्का बेला कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने ? पछाडिबाट अँगालो हाल्यो भने कसरी छुट्कारा पाउने ? संवेदनशील अंगमा हात हाल्यो भने कसरी छुटाउने ? कतै लैजान थाल्यो भने कसरी छुट्कारा पाउने ? ’, उनले भने, ‘यस्ता विषयमा तालिममा सिकाइन्छ।’ पूर्वखेलाडीसमेत रहेका मन्त्री यादवले प्रदेश २ मा मात्र नभई देशमै बलात्कार घटनापछि ‘वुमन्स सेल्फ डिफेन्स क्याम्प २०७६’ सञ्चालन गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.