अब ८ स्थानबाट विषादी परीक्षण

अब ८ स्थानबाट विषादी परीक्षण

काठमाडौं : सरकारले बुधबारदेखि थप ६ स्थानबाट तरकारी र फलफूल परीक्षण सुरु गर्ने भएको छ। यसअघि काठमाडौंको कालिमाटी तरकारी बजार तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट मात्रै यो सुविधा थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाडौं बाहिर थप ६ स्थानमा तरकारी तथा फलफूल खानयोग्य छ वा छैन भनेर परीक्षण गर्न भौतिक पूर्वाधारसहित कर्मचारीको व्यवस्था गरेको थियो। तर पछिल्लो समयमा कर्मचारी समायोजनका कारण तयारी अवस्थामा रहेको ६ स्थानकै द्रुत विषादी विश्लेषण एकाईको काम अवरुद्घ भएको थियो।

मन्त्रालयका सहसचिव रघुराम विष्टले भने,‘अहिले हामी ६ स्थानमै दक्ष कर्मचारीको व्यवस्थापन गरेका छौं। भारतबाट आयात हुने तरकारी तथा फलफूल बुधबारदेखि यस्ता इकाईमा परीक्षण गरी योग्यको आधारमा नेपालमा आयात गर्न सकिन्छ।’ उनका अनुसार भन्सार विन्दुमै परीक्षण गर्ने विषयमा पनि मंगलबार अर्थ मन्त्रालयसँग छलफल भएको छ। भन्सार विन्दुमा विषादीलगायत परीक्षण गर्न आवश्यक प्रयोगशाला निर्माणबारे छलफल भएको थियो।

भौतिक पूर्वाधारबाहेक एउटा प्रयोगशालामा उपकरण राख्न करिब ५० लाख खर्च हुने कृषि मन्त्रालयले जानकारी गराएको थियो। अर्थ मन्त्रालयले भने प्रयोगशाला निर्माण गर्र्न बजेट व्यवस्थापन गर्ने सहमति जनाएको सहसचिव विष्टले जानकारी दिए। भन्सार विन्दुमै परीक्षण गर्ने सुविधा नहुँदा व्यापारी काठमाडौंको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशाला र कालिमाटीस्थित प्रयोगशालामा धाउनुपर्ने बाध्यता थियो। सरकारले भन्सार विन्दुमै तरकारी तथा फलफूलमा विषादी परीक्षण गराएर मात्रै नेपालमा भित्र्याउन पाउने व्यवस्था गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.