कृतिकालाई मिस टिन एसईईको उपाधि

कृतिकालाई मिस टिन एसईईको उपाधि

काठमाडौं : काठमाडौं पेप्सिकोलाकी कृतिका केसीले मिस टिन एसईई–२०१९ को उपाधि चुमेकी छन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले मुख्य उपाधिका साथमा बेस्ट ¥याम्प वाकको उपउपाधि पनि जितिन्।

स्टार वन इन्टरटेनमेन्ट प्रालिले एसईई दिएर बसेका किशोरीमाझ सौन्दर्य प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा सेलिना जोशी फस्ट रनरअपका साथमा मस्ट फोटोजेनिक, सरिता रुवाली सेकेन्ड रनरअपका साथमा फेसबुक च्वाइस र मिस ट्यालेन्ट, लिना तामाङ थर्ड रनरअपका साथमा मोस्ट पपुलर तथा अविना केसी फोर्थ रनरअपका साथमा ब्युटी विथ पर्पसको विजेता भइन्। अस्मिता श्रेष्ठ पब्लिक च्वाइसका साथमा भ्युअर्स च्वाइस र बेस्ट सिंगर भइन्।

अश्विनीकान्त झाको कार्यक्रम सञ्चालन र कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा युनिशा पुन बेस्ट हेयर, सोफिया प्रसाई बेस्ट स्किन, प्रीति गिरी मोस्ट डिसिप्लिन, कृति सिम्खडा बेस्ट स्पिच, कृपा गुरुङ बेस्ट पर्सनालिटी, सिमरन शाही ठकुरी बेस्ट फिजिक, जस्मिन सुनार मोस्ट फ्रेन्डली, क्रिस्टिलिना स्थापित फेसन आइकन, संयुक्ता रिजाल सोसल वेलफेयर एम्बेसडर, लिना तामाङ बेस्ट डान्सर, कृतिका श्रेष्ठ मोस्ट क्रिएटिभ, समिका काफ्ले मोस्ट ब्युटिफुल, बबिना खड्का मोस्ट आइकनिक आइज, युनिका बस्नेत मिस कन्जिनियालिटी, प्रियस्का खड्का बेस्ट फिटनेस, अञ्जु श्रेष्ठ मेनेजमेन्ट च्वाइस, अनुष्का घिमिरे मोस्ट एक्टिभ, कृपा गुरुङ युट्युब बेस्ट भ्युज, सुविधा अधिकारी मोस्ट गर्जियस र स्वीकृति पराजुली युथ विथ रेस्पन्सिबलिटी भए।

पूर्वप्रधानसेनापति रुकमांगद कटवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डा. अनिल मिश्रा, डा. आभाष लाभ, प्रा. सुदन डोटेल, अभिनेता आयुष रिजाल, मिसेस एसिया प्यासिफिक इन्टरनेसनल तथा मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी र मिसेस नेपाल ग्ल्याम एलिजा महर्जन निर्णायक थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.