सर्‍यो ‘सानो मन’ को प्रदर्शन मिति

सर्‍यो ‘सानो मन’ को प्रदर्शन मिति

काठमाडौं : यो वर्षको प्रतीक्षित फिल्म ‘सानो मन’ को प्रदर्शन मिति एक साता पर सरेको छ। यसअघि फिल्मको रिलिज डेट असार २० गते तय गरिएको थियो। ‘प्राविधिक कारणले फिल्मको रिलिज डेट एक साता पर सारिएको छ। अब हाम्रो फिल्म असार २७ मा रिलिज हुनेछ’, फिल्मका निर्माता राजेन्द्र मानन्धरले भने।

यसअघि ‘सानो मन’ को शीर्ष गीत रिलिज गरिएको छ। फिल्मको कथा बोकेको गीतमा सुयोग सोताङको संगीत रहेको छ। गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्नील शर्माको शब्द छ। गीतले फिल्मका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेमभाव बोल्छ। ‘सानो मन’ का निर्देशक सुयोग गुरुङले गीतलाई फिल्ममा कथावाचनको रूपमा प्रयोग गरिएको बताए। युवायुवतीबीच नौलो प्रेम हुँदाको क्षण झल्किने गीत वास्तविकतासँग नजिक रहेको उनको भनाइ छ।

आयुष्मान र शिल्पाका साथै फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठलगायतका कलाकारको अभिनय छ। ओपीजी फिल्म, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो। सुयोग गुरुङ र मिलन श्रेष्ठ मिलेर फिल्म सम्पादन गरेका छन्।

समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लले छायांकन गरेका छन्। फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश मित्तल र राजेन्द्र मानन्धर हुन्। ‘सानो मन ठूलो मन लिएर निर्माण गरिएको फिल्म हो,’ फिल्मका मुख्य अभिनेता आयुष्मानले भने। उनले फिल्ममा अमेरिकाबाट फर्केका युवा निर्वाणको भूमिका निर्वाह गरेका छन्। फिल्मकी नायिका शिल्पाले फिल्ममा आफ्नो रोल वास्तविक स्वभावसँग मेल खाने बताएकी छन्। ‘लजालु र अन्तरमुखी स्वभावकी युवतीको भूमिकामा छु’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.