पल्सर स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड– २०७५ को लागि चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही असार १७ गते हुने अवार्डका लागि मंगलबार पत्रकार सम्मेलनमार्फत वर्षको उत्कृष्ट पुरुष, महिला, युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो । मञ्चअन्तर्गत खेलाडी छनोट समितिले वर्षभर खेलाडी र प्रशिक्षकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा हात पारेको उपलब्धिको आधारमा उनीहरूलाई मनोनयन गरेको हो ।

वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई, जुडोका इन्द्रबहादुर श्रेष्ठ परेका छन् । यसैगरी महिलामा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् । वर्ष २०७५ को उत्कृष्ट युवा खेलाडी अवार्डका लागि ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।

यसैगरी प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरि खड्का मनोनयनमा परेका छन् । मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिसकेको छ । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन रहेका छन् ।

वर्ष पुरुष खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटर साइकल प्राप्त गर्नेछन् । अन्य विधाका उत्कृष्टले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष र महिला विजेतालाई टर्किस एयरलाइन्सबाट जुनसुकै गन्तव्यको दुईतर्फी हवाई टिकट पनि प्राप्त गर्नेछन् । पारा एथलिट, टिम अफ दी इयर र लाईफ टाइम अभिचमेन्ट अवार्डको घोषणा असार १७ नै गरिने बताईएको छ । यस पटक एकजना अन्तर्राष्ट्रिय खेल पत्रबारलाई पनि सम्मान गरिने छ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकका रूपमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । अवार्डलाई मुख्य सहप्रायोजकको रूपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार (पावर्ड बाई) र अर्को मुख्य सहप्रायोजकको रूपमा डिस मिडिया नेटवर्क लिमिटेड, टीएचटी लाइभ, सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, टर्किस एयरलाइन्सलगायत संघसंस्थाले पनि सहयोग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.