गलबन्दी विवाद सुल्झियो, शम्भु राईको नाम संगीतमा राखिने

गलबन्दी विवाद सुल्झियो, शम्भु राईको नाम संगीतमा राखिने

काठमाडौं : गलबन्दी विवाद सुल्झिएको छ। दुबैपक्षले बुधबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै विवाद टुंग्याएका हुन्। गलबन्दी गीतमा संगीतकारका रुपमा शम्भु राईको नाम राख्ने सहमति भएको छ। सहमति अनुसार प्रकाश सपुतको नाम पनि संगीतकारकै रुपमा रहनेछ। 

सपुतको ‘गलबन्दी च्यातियो’बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै यसबारे विवाद सदनदेखि सामाजिक सञ्जालसम्म चार्चा हुन थालेको थियो। पछि राईले पनि आफ्नो गीतको लय चोरी भएको बताएका थिए। 

अर्कोतर्फ  सपुत राईको देउसीभैलो गीत कहिल्यै नसुनेको दाबी गर्दै आएका थिए। यद्यपि मंगलबार दुई पक्षबीच सहमति भएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.