प्रेमिकाले बिहे गर्न नमानेपछि ६ वर्षीया छोरीको अपहरण !

प्रेमिकाले बिहे गर्न नमानेपछि ६ वर्षीया छोरीको अपहरण !

भैरहवा : भैरहवामा हालै एक अनाैठाे र डरलाग्दाे अपहरण घटना सार्वजनिक भएकाे छ । जहाँ ६ वर्षीया बालिका आफ्नी आमाका प्रेमीबाटै अपहरणमा परेकी छन् ।

छोरीको अपहरण भएको भन्दै एक दम्पति सोमबार राति प्रहरी चौकी महुवारीमा पुगे । चौकीले इलाका प्रहरी कार्यालय बुटवलमा तत्काल खबर गर्यो । प्रहरीले खबर पाएलगत्तै अपहरणमा परेकी तिलोत्तमा नपा १२ की ६ वर्षीया बालिकाको खोजी सुरु गर्यो ।

मंगलबार प्रहरीले अपहरित बालिकाका बुवा टेकबहादुर थापा र आमा मन्जु थापालाई कार्यालयमा बोलायो । उनीहरु बन्द रहेको कारण आउन  नसक्ने भन्दै बुधबार आउने बताए ।

तर, घटनाको विफ्रङ लिइरहेका रुपन्देहीका एसपी हृदय थापाले प्रहरीको टोलीलाई उनीहरुको घरमै पठाए । यता एसपी थापाले सादा पोसाकमा प्रहरीको विभिन्न समूह परिचालन गरे । राजमार्गमा नाकाबन्दी गरेर चेकजाँच सुरु भयो । शंकास्पद ठाउँहरुमा छापा हानियो । प्रहरीले घटनाबारे बुझ्दै जाँदा छोरी अपहरण गर्न एक व्यक्तिले चेतावानी दिएका थिए ।

यसरी भएको थियो अपहरण

घटना विवरण अनुसार बालिकाका वुवा र आमा घर नजिकै निर्माण भइरहेको पुलमा मजदुरी गर्थे । त्यहाँ ९ महिनादेखि काम गराउँदै आएका पेटी ठेकेदार पर्सा जिल्ला बिरगन्ज महानगरपालिका २७ का ३८ वर्षीय जयराम दास थिए ।

प्रहरीका अनुसार घरनजिककै मजदुरी गर्दा ठेकेदार र बालिकाकी आमा मन्जु थापाको निकटतम सम्बन्ध बस्यो । कयौँ दिनमासम्म सँगै बाहिर घुमघाम पनि गर्न जाने गरेका थिए । दासको मनमा एकहोरो प्रेम पलाउँदै गयो । निकटतम सम्बन्धलाई लिएर दासले एक दिन मन्जुलाई विवाहको प्रस्ताव गरे । २३ वर्षीया मन्जुले प्रस्तावलाई अस्विकार गरिन् । प्रस्ताव अस्विकार गरेपछि दासले छोरी अपहरण गर्ने चेतावनी दिए ।

छोरी अपहरणपछि भने मन्जुले दाससँग भएको घटनाबारे प्रहरीलाई सविस्तार बताइन् । प्रहरीको शंकाको सुई पनि दास तिर घुम्यो । प्रहरीले मन्जुलाई दासलाई फोन सम्पर्क गर्न लगायो । उताबाट दासले झुठो बोल्दै नवलपरासीको चोरमारा रहेको जवाफ दिए । तर, उनको मोबाइल लोकेसन बुटवलमा देखायो ।

रुपन्देहीका एसपी थापाका अनुसार प्रहरीले दासमाथि खोजी तिब्र बनायो । प्रहरीले बुटवल क्षेत्रलाई आधार मानेर बालिकालाई होटलमा राखेको थाहा पाएपछि छापा मार्न सुरु गर्यो ।

यता मन्जु प्रहरी नियन्त्रणमै थिइन् । जसले दासलाई फोन सम्पर्क गरेकी थिइन् । निरन्तर फोन सम्पर्कपछि बालिकालाई होटलको कोठामा बन्धक बनाएर राखिएको हुनसक्ने भन्दै प्रहरीले होटलहरुमा खोजी जारी राखेको हो ।

फोन सम्पर्कको बेला पनि दासले मन्जुलाई आफुसँग हिँड्न दवाव दिइरहेका थिए । त्यसपछि प्रहरीले मन्जुलाई आफू विवाह गर्न तयार रहेको र बुटवलको सब्जीमण्डी क्षेत्रमा लिन आउन लगायो । यसरी दास अपहरण काण्डमा पक्राउ परेका हुन् । पक्राउ परेपपछि उनले बालिकालाई होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नम्बर १०३ बन्धक बनाएर राखेको स्विकार गरेको प्रहरीले बताएको छ ।

प्रहरीले बालिकाको उद्दार गरेर अहिले परिवारको जिम्मा लगाइसकेको छ । । बालिका र दासको चिनजान रहेकोले उनले बालिकालाई फकाएर घरबाट मोटरसाइकलमा लगेका थिए । पक्राउ परेका दास उपर शरीर बन्धक तथा अपहरण मुद्दा दायर गरी थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.