भारतकाे उत्तराखण्डमा दुईभन्दा बढी सन्तान जन्माउने चुनाव लड्न नपाउने

भारतकाे उत्तराखण्डमा दुईभन्दा बढी सन्तान जन्माउने चुनाव लड्न नपाउने

नयाँदिल्ली : भारतको उत्तराखण्ड राज्यमा दुईभन्दा बढी सन्तान हुने व्यक्तिले स्थानीय निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइने भएको छ ।

उत्तराखण्डको विधानसभाले बुधवार एक कानुन पारित गरी यस्तो व्यवस्था गरेको हो । दुईभन्दा बढी छोराछोरी भएका व्यक्तिलाई उम्मेदवारी नै दिन नपाउने व्यवस्थन गर्न यस्तो कानुन ल्याइएको हो । उत्तराखण्ड पञ्चायत राज अधिनियम २०१६ (संशोधन) विधेयक मंगलवार सदनमा पेश गरिएको थियो ।

उक्त विधेयकको विपक्षी दलका विधायकले विरोध गरेका थिए । उनीहरूले राजनीति समाप्त पार्ने उद्देश्यले यस्तो कानुन ल्याइएको भन्दै नाराबाजी पनि गरेका थिए । उनीहरूले तोडफोड गर्ने प्रयास पनि गरेका थिए । विपक्षीको विरोध भए पनि अन्त्यमा ध्वनिमतले अत्यधिक बहुमतले पारित भएको थियो । यस्तो कानुन ल्याउनुभन्दा शान्ति सुरक्षामा ध्यान दिनुपर्ने भन्दै चर्को विरोध गरेका थिए ।

राज्यपालबाट अनुमोदन भएपछि यो लागू हुने व्यवस्था छ । उत्तराखण्डमा पञ्चायत निर्वाचन यसै वर्षको अन्त्यमा हुँदै छ । भारतमा जनसंख्या वृद्धिदर उच्च रहेकाले यसलाई व्यवस्थित गर्न यस्तो कानुन माग गरिँदै आएको छ ।

संसदीय कार्य मन्त्री मदन कौशिकले विधेयकको उद्देश्य परिवार नियोजनलाई बढावा दिनु रहेको बताएका छन् । साथै उम्मेदवारको निश्चित योग्यता पनि तोकिएको छ । कौशिकले भने, ‘सबै पञ्चायत सदस्यको शैक्ष्मिक योग्यता निर्धारण गरेका छौं । सामान्य वर्गका व्यक्तिका लागि न्यूनतम योग्यता १० कक्षा उत्तीर्ण हुनुपर्नेछ । एससी र एसटी श्रेणीका उम्मेदवारमा पुरुषको न्यूनतम योग्यता कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ भने महिलाले ५ कक्षा उत्तीर्ण हुनुपर्नेछ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.