समृद्धिका लागि मजबुत वित्तीय क्षेत्र

समृद्धिका लागि मजबुत वित्तीय क्षेत्र

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारको समृद्धिको लक्ष्य प्राप्तिका लागि वित्तीय क्षेत्रको चुस्त व्यवस्थापन आवश्यक हुने बताएका छन्। मजबुत वित्तीय क्षेत्रले अर्थतन्त्रमा कर्जाको आवश्यकता पूरा गर्नुका साथै वित्तीय समावेशीकरणमार्फत पिछडिएका वर्ग र क्षेत्रलाई उत्पादन प्रक्रियामा सहभागी गराइ अर्थतन्त्रको मूलधारमा ल्याउने उनका भनाइ थियो। ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको ‘वित्तीय प्रणालीका प्रधान मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा गभर्नर नेपालले व्यक्तिगत जीवनदेखि घरपरिवार राष्ट्रको जीवनमा समेत वित्तीय व्यवस्थापन महत्त्वपूर्ण रहेको बताए।

नेपालको वित्तीय क्षेत्रको निरन्तर सुधारले विश्वभर प्रतिस्पर्धी बैंक तथा वित्तीय संस्था सञ्चालन भइरहेको उल्लेख गर्दै वित्तीय क्षेत्रका स्थायित्व र मजबुतीका लागि अन्तर्राष्ट्रिय मूल्य, मान्यता र व्यावहारिक अनुभवबाट नेपाल राष्ट्र बैंकले विशिष्ट ढंगले नियमन, सुपरिवेक्षण गरी बैंक तथा वित्तीय संस्थामा मानिसको विश्वास बढाएको उल्लेख गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले एक–ढेढ वर्षयता ब्याजदर स्थिर रहेको, निक्षेपको ब्याजदर सकारात्मक र गार्हस्थ बचतले पुँजी निर्माणमा महत्त्वपूर्ण योगदान गरेको बताए।

कार्यक्रममा ‘विश्वव्यापी वित्तीय संकटको अनुभव’ बारे बोल्दै नेपाल, भारत र भुटानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका बरिष्ठ आवासीय प्रतिनिधि एन्ड्रियास बउरले प्रशासन, समग्र आर्थिक र राजनीतिक वातावरण र बैंकिङ क्षेत्रको अस्वस्थ प्रतिस्पर्धाले बैंकिङ क्षेत्रमा समस्या सिर्जना गर्न सक्ने भन्दै बैंकिङ क्षेत्रका गलत अभ्यासले (केन्द्रीय बैंकको) कमजोर नियामकीय र सुपरिवेक्षकीय वातावरणलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे। उनले वित्तीय क्षेत्र संकटग्रस्त हुँदा मुलुकले ठूलो आर्थिक र सामाजिक क्षति व्यहोर्नुपर्ने भन्दै नेपालले समग्र आर्थिक नीति र नियमन र सुपरिवेक्षणलाई सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.