इरान अमेरिकासँग युद्ध चाहँदैन : रुहानी

इरान अमेरिकासँग युद्ध चाहँदैन : रुहानी

तेहरान : इरानी राष्ट्रपति हसन रुहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध नचाहेको बताएका छन्। उनले बुधवार उक्त धारणा राखेको इरानी सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन्।

इरान र अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रुहानीको यो अभिव्यक्ति आएको छ। पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइछ। ‘इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन’, उनलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले जनाएका छन्। यस क्षेत्रमा इरानका कारणले कुनै असहज अवस्था होस् भन्नेमा पनि इरान नरहेको उनको दाबी थियो।

‘हामी कसैसँग पनि युद्ध चाहँदैनौं, हामी अमेरिकासँग पनि चाहँदैनौ’, रुहानीले भने। उनले यो अभिव्यक्ति फ्रान्सेली समकक्षीसँग बुधवार गरेको फोनवार्तामा व्यक्त गरेको खुलासा गरिएको छ।

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोँसँगको फोन वार्ताका क्रममा इरानी राष्ट्रपतिले यस्तो अभिव्यक्ति राखेको इरानी सरकारी समाचार समिति इर्नाले जानकारी दिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै विवाद भएको स्वीकार पनि गरेका छन्।

इरानले हालैमात्र एक अमेरिकी ड्रोनमाथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो। त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ। आफ्नो देशको सिमाना उल्लंघन गरी विनाअनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर ड्रोन खसालिदिएको इरानले बताएको छ।

अमेरिकनले भने इरानको यो भनाइ सत्य नरहेको दाबी गर्दै आएको छ। अमेरिकी ड्रोनले इरानको सीमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ। पछिल्लो समयमा अमेरिकी ट्यांकरहरूमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ। अज्ञात समूहले अमेरिकी ट्यांकरमा हमला गर्ने गरेका छन्। त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले बताएको छ।

इरानबारे छलफल गर्दै ट्रम्प–पुटिन

मस्को : रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रवनर इरान समस्याबारे वार्ता गर्ने भएका छन्। जी २० सम्मेलनका क्रममा जापानको ओशाकामा उनीहरूबीच भेटवार्ता हुने रूसी विदेश मन्त्रालयले बुधवार जनाएको छ।

इरानसँगको विवाद चर्किंदै गएकाले विभिन्न देशका शीर्षस्थ नेताहरूसँग छलफल गरिरहेको अमेरिकाले रूसी राष्ट्रपतिसँग पनि छलफल गर्न लागेको हो। पुटिनले जापान भ्रमणका क्रममा बेलायतका कामचलाउ प्रधानमन्त्री टेरेसा मे, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, साउदी युवराज मोहम्मद बिन सलमानलगायतसँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ। रूस अमेरिकाको मित्र शक्ति हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.