सडक निर्माण गुणस्तरहीन भएको भन्दै उजुरी

सडक निर्माण गुणस्तरहीन भएको भन्दै उजुरी

ओखलढुंगा : सिद्धिचरण नगरपालिका–११स्थित निर्माणाधीन हुलाकडाँडा–बालमन्दिर सडक गुणस्तरहीन भएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन्। ठेकेदार मार्फत् भइरहेको सोलिङ र ढलानको काम लागत स्टिमेट अनुसार नभएको, मापदण्ड विपरित काम गरेको भन्दै स्थानीय उपभोक्ताले उजुरी गरेका हुन्। 

नगरपालिकामा निवदेन दिएपछि पूर्वडिजाइन अनुसार काम गर्ने, गुणस्तर कायम गर्ने लगायतका सहमति भए पनि कार्यन्वयन नभएको भन्दै स्थानीयको हस्ताक्षरसहित उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन्। उपभोक्ताको गुनासो आएपछि उजुरीकर्तासहित राखेर सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठले काम गुणस्तरीय गराउने निर्णय गर्दै प्राविधिकलाई निर्देशन दिएका थिए।

मेयरको निर्देशन समेत अटेर गेरे कामअघि बढाएको भन्दै आक्रोशित स्थानीयले उजुरी दर्ता गरेको स्थानीय अगुवा कान्ति राजभण्डारीले बताइन्। उनले काम गुणस्तरीय हुनु पर्ने आफुहरुको माग रहेको बताउँदै काम सहि ढंगबाट नभए नछाड्ने चेतावनी दिइन्। लिखित निवदेन र नगरपालिकासँग भएको सहमतिको निर्णय र हस्ताक्षर सहित स्थानीयले सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईलाई लिखित उजुरी दिएका छन्। 

सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले उजुरीबारे नगरपालिकासँग छलफल गरिने बताए। स्थानीयले सोलिङ गर्दा माटो कटिङ नभएको सडकका डिलमा पिसिसि भएमाथि सोलिङ गरिएको,  छापेजस्तो गरि ढुंगा बिच्छ्याएकाले भत्काएर गुणस्तरीय काम गर्नु पर्ने उजुरीकर्ता उमेश राजभण्डारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.