ह्‍याकथन सम्मेलन ‘एभरेस्ट ह्‍याक' हुँदै

ह्‍याकथन सम्मेलन  ‘एभरेस्ट ह्‍याक' हुँदै

काठमाडौं : नेपाली सञ्चार क्षेत्रकै सर्वाधिक ठूलो ह्याकथन कार्यक्रम ‘एभरेस्ट ह्याक’ को पहिलो संस्करण साउन ३ देखि ५ गतेसम्म काठमाडौंमा हुन गइरहेको छ। कार्यक्रमको मुख्य आयोजक एभरेस्ट ह्याक टिम रहनेछ भने सिरिस युथ फाउन्डेसन र सीएसआईटी एसोसियसन अफ नेपालले संयुक्त पहलमा हुँदै छ।

दुईदिने ह्याकथन कार्यक्रमलाई जोरपाटीस्थित नामी कलेजले साथ दिने भएको छ। कलेजले कार्यक्रमका सहभागी, कम्पनीका प्रतिनिधि र आगन्तुकलाई साझा मञ्चको व्यवस्था गर्नेछ।

कार्यक्रम आयोजक दलका सदस्य ललित सिंह भन्छन्, ‘यो कार्यक्रम गर्नुको उद्देश्य ह्याकिङप्रतिको नकरात्मक सोचाइलाई हटाउनु हो।’

कार्यक्रमले युवालाई आईसीटी मात्रै नभई कृषि, पर्यटन, यातायात आदि क्षेत्रमा स्थापित कम्पनीका समस्याको दिगो र मौलिक समाधान र प्रोटोटाइप निर्माण गर्ने अवसर प्रदान गर्नेछ। आयोजकका अनुसार २५० सहभागीले कार्यक्रममा आफ्नो कौशल प्रदर्शन गर्नेछन्। कार्यक्रमका लागि अहिलेसम्म १० भन्दा बढी देशका युवाबाट ८०५ भन्दा बढी आवेदन परेको छ। जसमध्ये २५० जनाले कार्यक्रममा सहभागिता जनाउनेछन्।

आयोजकका अनुसार सञ्चार, प्रविधि, इन्जिनियरिङ र सफ्टवेयर इन्जिनियरिङका विद्यार्थीलाई व्यावसायिक र व्यावहारिक पक्षबारे जानकारी दिन ठूलो भूमिका खेल्नेछ। प्रोटोटाइप निर्माण गर्न राष्ट्रिय आविश्कार केन्द्रले गैरवित्तीय सहयोग गर्नेछ भने बिरुवा एड्भाइजर कम्पनीले दिशानिर्देश गर्नेछ।

सञ्चार र प्रविधि क्षेत्रका स्थापित कम्पनीसँग होस्टेमा हैसे गर्दै आफ्नो करिअर सफल बनाउन यो कार्यक्रमले टेवा दिने विश्वास छ। प्रोटोटाइपलाई कम्पनीका रूपमा अगाडि बढाउन चाहिने परामर्श र सहायता आदानप्रदान गर्न मध्यस्थ भूमिका निभाउने आयोजकले बताएका छन्।

पहिलो हुने टोलीलाई नगद ५० हजार रुपैयाँ र फिनल्यान्डको हेल्सिन्कीमा आयोजना गरिने युरोपकै सर्वाधिक ठूलो ह्याकिङ स्पर्धा ‘जंसन’ मा सहभागी हुने अवसर मिल्नेछ। त्यस्तै, दोस्रो हुनेले नगद २५ हजार रुपैयाँ र तेस्रो हुनेले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने टोलीलाई अन्य ह्याकिङ सम्बन्धी कार्यक्रमका लागि प्रत्यक्ष सहभागिताको अवसर मिल्नेछ।

यस कार्यक्रमको गोल्ड स्पोन्सर गिटहब र डेवफोलिओ रहनेछन् भने सिल्भर स्पोन्सरको जिम्मा जर्मन एम्बेसीले लिनेछ। आयोजकका अनुसार कार्यक्रमको दोस्रो दिन अवलोकनका लागि प्रदर्शनी खुला राखिनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.