एसईईको नतिजा सार्वजनिक : ३.६० देखि ४ जीपीए ल्याउने १६ हजार

एसईईको नतिजा सार्वजनिक : ३.६० देखि ४ जीपीए ल्याउने १६ हजार

भक्तपुर : यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार  ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। 

यस्तै, ४८ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्।  

यस्तै, ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन्।  ९७ हजार २९९ ले सी प्लस ल्याए। जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको परीक्षा बोर्डले जनाएको छ। सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जनता छन्। जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६  छात्रा छन्। 

४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याए। जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन्। चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन्। 

गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ  नाै हजार छ सय ३३ परीक्षामा सहभागीता जनाएका थिए। परीक्षामा छात्रतर्फ ६ हजार १ सय नाै र छात्रा तीन हजार पाँच सय २३ छात्रा सहभागी भएकाे परीक्षा बोर्डले जनाएको छ।

गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा बिहीबार सावर्जनिक भएको हो ।  परीक्षामा  चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए । नतिजाका लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्।

टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजा थाहा पाउन सक्ने छन् । सँगै परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  र नेपाल टेलिकमको वेबसाइटमा समेत नतिजा हेर्न सकिने छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.