एसईई नतिजा : कुन प्रदेश कति अब्बल ?

एसईई नतिजा : कुन प्रदेश कति अब्बल ?

काठमाडौं : प्रदेश १ बाट एसईईमा ८१ हजार ७६ जना सहभागी थिए। तीमध्ये १ हजार ९८४ ले ३.६० देखि ४ जीपीए ग्रेड ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ८ हजार ४, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ६८१ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १२ हजार ९६० छन्। २ देखि २.४० जीपीए ल्याउने १८ हजार ६५, १.६० देखि २ जीपीए ल्याउने १८ हजार ३८९, १.२० देखि १.६० जीपीए ल्याउने सात हजार २९९ जना र ०.८० देखि १.२० जीपीए ल्याउने ४९२ जना छन्।

परीक्षामा प्रदेश २ बाट ६६ हजार ४५४ जना सहभागी थिए। तीमध्ये ९३१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ४ हजार ५९६, २.८० देखि ३.२० जीपीए ल्याउने ७ हजार २२५ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ८ हजार ७१३ छन्। २ देखि २.४० जीपीए ल्याउने १२ हजार ९५ जना, १.६० देखि २ जीपीए ल्याउने १६ हजार ४११, १.२० देखि १.६० जीपीए ल्याउने ११ हजार ७७५ र ०.८० देखि १.२० जीपीए ल्याउने १ हजार ४५४ जना छन्।

प्रदेश–३ बाट १ लाख ५ हजार ६ परीक्षार्थी सहभागी थिए। तीमध्ये १० हजार ६८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने २१ हजार ८३२, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १९ हजार ३७० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थीको संख्या १७ हजार ९१५ छ। २ देखि २.४० जीपीए ल्याउने १७ हजार ७९५, १.६० देखि २ जीपीए ल्याउने ११ हजार ५६३, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ८१ र ०.८० देखि १.२० जीपीएम ल्याउने १९० जना छन्।

गण्डकी प्रदेशबाट ४७ हजार ३१९ जना परीक्षामा सहभागी थिए। तीमध्ये १ हजार ८१८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ५ हजार ८२४, २.८० देखि ३.२० जीपीए ल्याउने ८ हजार ११९ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ९ हजार ९१५ जना छन्। २ देखि २.४० जीपीए ल्याउने ११ हजार १२८, १.६० देखि २ जीपीए ल्याउने ७ हजार २३३, १.२० देखि १.६० जीपीए ल्याउने १ हजार ७५५ जना र ०.८० देखि १.२० जीपीए ल्याउने १०९ जना छन्।

प्रदेश–५ बाट परीक्षामा ७५ हजार ८४४ जना सहभागी थिए। तीमध्ये १ हजार ६८४ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ६ हजार ४८६, २.८० देखि ३.२० जीपीए ल्याउने ९ हजार ९६६ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १३ हजार ५४ छन्। २ देखि २.४० जीपीए ल्याउने १६ हजार ७१४, १.६० देखि २ जीपीए ल्याउने १६ हजार २३५, १.२० देखि १.६० जीपीए ल्याउने ७ हजार ५९० र ०.८० देखि १.२० जीपीए ल्याउने ८५४ जना छन्।

कर्णाली प्रदेशबाट ३२ हजार ९६६ परीक्षार्थी सहभागी थिए। तीमध्ये १४६ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ७४९, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ८४७ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ५ हजार ११४ जना छन्। २ देखि २.४० जीपीए ल्याउने ९ हजार ३११, १.६० देखि २ जीपीए ल्याउने ९ हजार ८३१, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ९६६ र ०.८० देखि १.२० जीपीए ल्याउने ३९६ जना छन्।

सुदूरपश्चिम प्रदेशबाट ५० हजार ६१० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २५१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने १ हजार ४७०, २.८० देखि ३.२० जीपीए ल्याउने ३ हजार ४८० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ६ हजार ४०९ जना छन्। २ देखि २.४० जीपीए ल्याउने १२ हजार १९१, १.६० देखि २ जीपीए ल्याउने १५ हजार ५४७, १.२० देखि १.६० जीपीए ल्याउने ८ हजार ३७४ र ०.८० देखि १.२० जीपीए ल्याउने ९३४ जना छन्। 

साढे १५ हजारले दिएनन् परीक्षा 
१५ हजार ७२८ जना विद्यार्थीले एसईई परीक्षा नदिएरै विद्यालय छाडेको पाइएको छ। देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ४ लाख ५९ हजार २७५ जनामात्र परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ।

परीक्षा नदिने विद्यार्थी मध्ये छात्रको संख्या ६ हजार ३०४ छ। त्यस्तै छात्राको संख्या ९ हजार ४२४ रहेको छ। एसईईको फारम भरेका २ लाख ३६ हजार ४४५ जना छात्र मध्ये २ लाख ३० हजार १४१ जना छात्र परीक्षामा सहभागी भएका थिए।     
त्यस्तै एसईईको फारम भरेका २ लाख ३८ हजार ५५८ जना छात्रा मध्ये २ लाख २९ हजार १३४ जना छात्रा परीक्षामा सहभागी भएको तथ्यांक परीक्षा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको छ।

प्रदेश–१मा मात्र फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या २ हजार ७४२ जना विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा ८३ हजार ८१८ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ८१ हजार ७६ जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ। 

त्यस्तै प्रदेश–२ मा मात्र फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या ४ हजार ११४ जना छ। प्रदेशभरबाट जम्मा ७० हजार ५६८ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ६६ हजार ४५४ जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ। 

प्रदेश–३ मा भने ९९६ जना विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा १ लाख ६ हजार २ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा १ लाख ५ हजार ६ जना परीक्षामा सहभागी भए।

गण्डकी प्रदेशमा फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या ७१७ जना छ। प्रदेशभरबाट जम्मा ४८ हजार ३६ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ४७ हजार ३१९ जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ। 

त्यस्तै प्रदेश–५मा मात्र एसईई नदिने विद्यार्थीको संख्या १ हजार १३९ छ। प्रदेशभरबाट जम्मा ७६ हजार ९८३ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ७५ हजार ८४४ जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको जनाएको छ। 

कर्णाली प्रदेशमा भने २ हजार ६५८ जना विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा ३५ हजार ६२४ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ३२ हजार ९६६ जना परीक्षामा सहभागी भएका थिए।

सूदुरपश्चिम प्रदेशमा फारम भरेर ३ हजार ३६२ जना विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा ५३ हजार ९७२ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ५० हजार ६१० जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.