वर्षातमा दुर्घटना कम गर्ने उपाय

वर्षातमा दुर्घटना कम गर्ने उपाय

काठमाडौं : नेपालमा मनसुन सुरु भइसकेको छ। वर्षात्का कारण सडकमा पानी जम्ने, हिलो तथा चिप्लो हुने लगायतका विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ। सडकको बिग्रँदो अवस्थाका कारण दुर्घटनाको जोखिम पनि उच्च रहन्छ। खराब सडकमा पनि सवारी चलाउनुपर्ने हुन्छ। सुरक्षित तरिकाले सवारी चलाउन सावधानी अपनाउनु पर्ने हुन्छ।

टायर

वर्षात्का बेला सडक दुर्घटनाको मुख्य कारण गाडीको टायर नै हो। चिप्लो सडकमा गाडीको टायरका कारण चिप्लिने सम्भावना धेरै हुन्छ। ग्रीप खिएको पुरानोे टायरमा चिप्लने सम्भावना झन् बढ्छ। त्यसैले ग्रीप भएको टायर अर्थात् गाडी चिप्लन नदिने किसिमको नयाँ टायर प्रयोग गर्नुपर्छ।

ब्रेक

वर्षात्को बेला पानीको कारणले सवारी साधनका ब्रेक बिग्रिने सम्भावना रहन्छ। सडकका खाल्टाखुल्टीका कारण अचानक ब्रेक लगाउनु पर्दा समस्या आउन सक्छ। त्यसैले गाडीको ब्रेक चेक गराइरहनुहोस्। हिलोमा गाडी चलाएपछि धोएर सफा गरेर राख्नुपर्छ। हिलोका कारण गाडीको पार्टस् पुर्जामा खिया लागेर काम नलाग्ने हुनसक्छ।

सुरक्षा गर्ने

वर्षात्को समयमा अन्य समयको तुलनामा सवारीसाधन बढीमात्रामा बिग्रने सम्भावना रहन्छ। त्यसैले वर्षात्का समयमा बढी हेरचाह आवश्यक हुन्छ।

हेल्मेट

वर्षात्को समयमा बाइक चलाउँदा ‘एन्टी फोग सिल्ड’ भएको हेल्मेट प्रयोग गर्नु राम्रो हुन्छ। यस्तो हेल्मेटको प्रयोगले बाटो सफा देखिन्छ। बाटो सफासँग नदेखिने हेल्मेट लगाउँदा पनि दुर्घटनाको जोखिम रहन्छ।

गति

सवारी दुर्घटना हुनुको प्रमुख कारणको रूपमा गतिलाई लिइन्छ। वर्षात्का समयमा सडक चिप्लो हुने भएकाले गति सुस्त राख्नुपर्छ। तीब्र गतिको तुलनामा सुस्त गतिमा सवारी कन्ट्रोल गर्न सहज हुन्छ। त्यसैले सवारी साधनको स्पीड कन्ट्रोलमा राख्नुहोस्।

वर्षादी

वर्षाको समयमा मोटरसाइकल चालकले अनिवार्य रूपमा वर्षादी बोकेर हिँड्नुपर्छ। वर्षादी हलुका र सजिलो किसिमको हुनुपर्छ। वर्षादी हलुकाका साथै ‘रिफ्लेक्टिङ’ पनि हुनु जरुरी छ। यस्तो वर्षादीको प्रयोग गर्दा पछाडिबाट आउँदै गरेको गाडीले पनि देख्न सकोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.