विश्वकपमा रंगभेदको पिरलो

विश्वकपमा रंगभेदको पिरलो

दक्षिण अफ्रिका वर्तमान क्रिकेटको शक्तिशाली राष्ट्र हो । तर, विश्वकपको सुरुका चार संस्करणमा दक्षिण अफ्रिकाले सहभागिता जनाएको थियो । तत्कालीन समयमा दक्षिण अफ्रिकामा व्यक्त रंगभेद नीतिका कारण दक्षिण अफ्रिकालाई विश्वकपमा सहभागी गराइएको थिएन । दक्षिण अफ्रिकाले सन् १९९२ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रूपमा आयोजित पाँचौं विश्वकपमा पहिलो पटक सहभागिता जनाउने अवसर पाएको हो ।

आफ्नो पहिलो सहभागितामै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा दक्षिण अफ्रिकालाई इङ्ल्यान्डले २० रनले हराएको थियो । केप्लर विसल्सको कप्तानीमा रहेको पहिलो विश्वकप खेल्ने दक्षिण अफ्रिकी टोलीमा जोन्टी रोड्स, हेन्सी क्रोनिए, पिटर क्रिस्टन, एलन डोनाल्ड, ब्रायन म्याकमिलन, एन्ड्र्यु हड्सन, डेभिड रिचर्डसन लगायतका खेलाडी थिए । त्यसयता दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आएको छ । यद्यपि दक्षिण अफ्रिकाले हालसम्म विश्वकपको उपाधि भने जित्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.