ब्याटिङमा सुधारको खाँचो

ब्याटिङमा सुधारको खाँचो

चेस्टर ली स्ट्रिट : विश्वकप क्रिकेटको शुक्रबार हुने खेलमा       श्रीलंकाले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।       श्रीलंका सन् १९७५ को पहिलो संस्करण र दक्षिण अफ्रिका सन् १९९२ को पाँचौं संस्करणदेखि विश्वकपमा सहभागी हुँदै आएका टोली हुन् ।       श्रीलंका सन् १९९६ को विश्वकप विजेता टोली हो भने दक्षिण अफ्रिका विश्वकपमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

जारी विश्वकपमा       श्रीलंका सेमिफाइनमा स्थान बनाउन संघर्षरत छ भने दक्षिण अफ्रिका यसअघि नै उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ । हालसम्म ६ खेल खेलेको       श्रीलंकाले दुई जित र दुई हारको नतिजा निकालेको छ ।       श्रीलंकाको दुई खेल वर्षाका कारण रद्द भएको थियो । सात खेल खेलिसकेको दक्षिण अफ्रिकाले भने एक जित र पाँच हारको नतिजा निकालेको छ । दक्षिण अफ्रिकाको पनि एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यस आधारमा शुक्रबारको खेलमा       श्रीलंकासँग हासिल गर्न धेरै कुरा बाँकी छ भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको दक्षिण अफ्रिकासँग गुमाउन केही बाँकी छैन । दक्षिण अफ्रिकासँग पराजित भए       श्रीलंकाको सेमिफाइनलमा पुग्ने सम्भावना अत्यन्तै कम हुनेछ । त्यसैले शुक्रबारको खेलमा       श्रीलंकासँग जितको विकल्प छैन । यो विश्वकपमा पाकिस्तान र बंगलादेशविविरुद्धको खेल वर्षाका कारण रद्द हुनु       श्रीलंकाका लागि सबैभन्दा दुर्भाग्य बनेको थियो ।

पछिल्लो समय एकदिवसीय क्रिकेटमा       श्रीलंकाको ब्याटिङ खासै चल्न सकेको छैन । त्यसको छनक जारी विश्वकपमा पनि देखिन्छ ।       श्रीलंकाले कुनै पनि खेलमा तीन सय रन पु¥याउन सकेको छैन ।       श्रीलंकाली टोली न्युजिल्यान्डविविरुद्ध एक सय ३६ रनमै अलआउट भएको थियो ।       श्रीलंकाले अफगानिस्तानविविरुद्ध पनि दुई सय एक रन मात्र बनाउन सकेको थियो । यद्यपि, उक्त खेलमा बलिङ प्रभावकारी देखिएको श्रीलंका विजयी बनेको थियो ।

श्रीलंकाले आयोजक इङ्ल्यान्डलाई पनि आफ्नो धारिलो बलिङकै कारण हराएको थियो । उक्त खेलमा पनि       श्रीलंकाले पहिले ब्याटिङ गर्दै दुई सय ३२ रन मात्र बनाउन सकेको थियो । त्यसैले पनि शुक्रबारको खेलमा जितका लागि       श्रीलंकाली टोलीले आफ्नो ब्याटिङमा सुधार ल्याउनु आवश्यक देखिन्छ ।

यी दुई टोलीबीच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको नतिजाले भने दक्षिण अफ्रिकालाई बलियो देखाउँछ । यी दुई टोलीबीच हालसम्म ७६ एकदिवसीय खेल खेलिएको छ । ४३ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ भने       श्रीलंकाले ३१ खेलको नतिजालाई आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरी र एक खेल अनिर्णित रूपमा सकिएको छ ।

यसैगरी यसअघिका विश्वकपमा खेलिएको खेलको नतिजाले पनि       श्रीलंकाको तुलनामा दक्षिण अफ्रिकालाई नै केही बलियो देखाउँछ । यी दुई टोलीबीच हालसम्म विश्वकपमा पाँच खेल खेलिएको छ । तीन खेलमा दक्षिण अफ्रिका विजयी भएको छ भने       श्रीलंकाले एक खेलमात्र जित्न सकेको छ । एक खेल भने बराबरीमा सकिएको छ ।

आजको खेल

श्रीलंकाविविरुद्ध दक्षिण अफ्रिका

रिभरसाइड ग्राउन्ड (दिउँसो ३ :१५ बजे)

एकदिवसीयमा दुई टोली

कुल  : ७६ खेल

दक्षिण अफ्रिका विजयी  : ४३ खेल

श्रीलंका विजयी  : ३१ खेल

बराबरी  : १ खेल

अनिर्णित  : १ खेल

विश्वकपमा दुई टोली

कुल  : ५ खेल

दक्षिण अफ्रिका विजयी  : ३ खेल

श्रीलंका विजयी  : १ खेल

बराबरी  : १ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.