कोपा अमेरिका : ब्राजिल सेमिफाइनलमा
रियो दी जेनेरियो : आयोजक ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान भएको क्वाटरफाइनलको खेलमा पराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै ब्राजिलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो । खेलको अधिकांश समय बल आफ्नो कब्जामा लिँदै पाराग्वेमाथि दबाब बनाए पनि ब्राजिल गोल गर्न असफल भयो । ब्राजिलले थुप्रै गोलका अवसर सिर्जना गरेको थियो । पाराग्वेका डिफेन्डरकासाथै गोल किपरले पनि ब्राजिको प्रहारलाई पटक–पटक असफल बनाए ।
ट्राइब्रेकरमा पराग्वेका खेलाडीको पहिलो पेनाल्टी नै ब्राजिलका गोल किपरले रोकेका थिए । त्यसपछि ब्राजिलका खेडालीले पनि एक पेनाल्टी चुकाए । लगतै पाराग्वेका खेडाडीले अर्काे पेनाल्टी प्रहार पोस्टबाहिर गयो । ब्राजिल ४–३ ले जित हात पार्न सफल भयो।
शनिबार बिहान क्वाटर फाइनलका दुई खेल हुँदैछन् । अर्जेटिनाले भेनेजुएसँग र अर्काे खेलमा चिली र कोलम्बिया प्रतिस्पर्धा गर्नेछन् ।