५० लाख विरुवा रोप्दै अनेरास्ववियू

५० लाख विरुवा रोप्दै अनेरास्ववियू

काठमाडौं : सत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले ५० लाख बिरुवा रोप्ने भएको छ। शुक्रबार उपत्यकामा आयोजित कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले ४० हजार स्वयंसेवक परिचालन गरेर भदौ मसान्तसम्म ५० लाख रुखका विरुवा रोप्ने घोषणा गरेका छन्।

अनेरास्ववियूले  'ग्रिन नेपाल, क्लिन नेपाल'  अभियान संचालन गरेर उक्त वृक्षरोपण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो। असार १४ गतेलाई  राष्ट्रिय वृक्षरोपण दिवस घोषणा गरेर सरकारले संचालन गरेको वृक्षरोपण कार्यक्रममा अनेरास्ववियूले सक्रिय रुपमा सहयोग गर्ने सहसंयोजक रञ्जित तामाङले  बताए।

अनेरास्ववियूले  शनिबार बिहान उपत्यकाको हकमा कोटेश्वर - कलंकी खण्डको सडकमा र देशभरका क्याम्पस , विद्यालय र अन्य तोकिएका ठाउँमा राष्ट्रिय उत्सवको रुपमा वृक्षरोपण गरिने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.