क्लिनफिड लागू हुन्छ : सञ्चारमन्त्री

क्लिनफिड लागू हुन्छ : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्लिनफिड लागू भएरै छाड्ने स्पष्ट पारेका छन् । सञ्चार मन्त्रालयमा बिहीबारको नियमित पत्रकार सम्मेलनमा उनले मिडिया क्षेत्रको आवश्यकताअनुसार नै क्लिनफिड कार्यान्वयन गर्न लागेको बताएका हुन् । ‘नेपाली मिडिया उद्योगले पहिलादेखि नै माग गरिरहेको थियो, अहिले सरकारले कार्यान्वयन गर्न लागेको हो,’ उनले भने, ‘यो आर्थिक हिसाबले मात्र आएको होइन, नेपालको मौलिकता जीवित राख्न पनि आवश्यक छ ।’

उनले बहुराष्ट्रिय कम्पनीका विज्ञापन प्रसारणमा रोक लगाउन नभई त्यसलाई नेपालीपनमा प्रवद्र्धन गर्न क्लिनफिड लागू गर्न खोजिएको बताए । क्लिनफिड कुनै पनि हालतमा लागू हुन्छ, उहाँहरू (केवल व्यवसायी)को विरोध ट्रेलरमै सीमित हुन्छ’, उनले भने, ‘नेपाली मिडियाका लागि साम्यवाद आयो आयो ।’

विप्लव फासीवादी

सरकारका प्रवक्ता बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) फाँसीवादको बाटोमा लागेको बताए । उनले जुनसुकै वाद÷विचार भए पनि विप्लवका गतिविधि राजनीतिक नभएर फासीवादी भएको टिप्पणी गरे । ‘मूल प्रश्न हत्या हिंसाको राजनीति गलत हो, विप्लवले लिएको बाटो गलत छ,’ प्रहरीले पछिल्ला दिनमा विप्लवका नेता कार्यकर्तामाथि गरिरहेको इन्काउन्टरबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘देशलाई अनन्त द्वन्द्वमा फसाउने र गरिब बनाइराख्ने कामअन्तर्गत विप्लवका गतिविधि भइरहेका छन् । सरकारले नियन्त्रण गर्छ ।’

मन्त्रिमण्डल परिवर्तन प्रधानमन्त्रीको विशेषाधिकार

कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै केही मन्त्री फेरबदल गर्ने चर्चा भइरहेका बेला प्रवक्ता बाँस्कोटाले मन्त्रिमण्डल पुनर्गठनको अधिकार प्रधानमन्त्रीमा रहेको बताए । ‘यो नितान्त प्रधानमन्त्रीको विशेषाधिकारको कुरा हो,’ उनले भने, ‘कति जना मन्त्री हेरफेर गर्ने या सिंगो मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सरकारका प्रवक्तालाई पनि जानकारी हुने कुरा भएन । प्रधानमन्त्रीको अधिकार क्षेत्र हो ।’

मन्त्रीको कार्यसम्पादन मूल्यांकन भइरहेको बताए पनि उनले कहिलेसम्म हेरफेर हुन्छ स्पष्ट जवाफ दिएनन् । ‘पटक पटक यस्ता हल्ला चल्दै आएका छन् तर कहिले हुन्छ, यसको जवाफ प्रधानमन्त्रीले मात्र दिन सक्नुहुन्छ’, उनले भने, ‘मेरो पनि मूल्यांकन भइरहेको छ, अरू मन्त्रीहरूको पनि भइरहेको छ । यसको रिपोर्ट प्रधानमन्त्रीसँग छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.