पपुवा न्युगिनीमा भयानक ज्वालामुखी : १३ हजार विस्थापित, उद्दारमा सेना खटाइयो
पपुवा न्युगिनी : पपुवा न्यु गिनीको ग्रामिण क्षेत्र आर्किपेलागोस्थित ज्वालामुखी विस्फोटका कारण हजारौं मानिस विस्थापित भएका छन् । उलावुन टापुमा भएको विस्फोटको केही दिनमै फेरि अर्को विस्फोट भएको हो ।
ज्वालामुखीका कारण हजारौं मानिस विस्थापित भएका छन् । जहाँ उद्धारका लागि यहाँको सरकारले सेना परिचालन गरेको छ । अहिले पनि उलावुन टापुबाट लाभा र धुवाँ आउने क्रम जारी छ । संसारकै सबैभन्दा भयानक ज्वामुखीमध्ये एक मानिएको यस ज्वालामुखीबाट १३ हजार मानिस विस्थापित भएको बताइएको छ ।
यससँगै सरकारले राज्यमा संकटकाल घोषणा गरेको छ । ‘हामी घटनास्थलमा उद्धारका लागि सेनालाई परिचालन गर्दैछौँ,’ प्रधानमन्त्री जेम्स मारापेले भनेका छन् ।सांसद जोसेफ लेलाङका अनुसार १३ हजार मानिस विस्थापित भएको छ । साथै १ हजारजनाले घर नै घुमाउनु परेको छ । विस्थापितको संख्या यकिन नै नभए पनि अहिले पीडितको उद्धारमा खटिनुपर्ने समय भएको सांसद जोसेफले बताए ।