प्रधानमन्त्रीले अवैतनिक दूतलाई भने : दुई मुलुकको वास्तविक पुल बन्नुहोस

प्रधानमन्त्रीले अवैतनिक दूतलाई भने : दुई मुलुकको वास्तविक पुल बन्नुहोस

काठमाडौ : प्रधानमन्त्री केपी ओलीले दुई दिने भेलामा काठमाडौं निम्त्याइएका विभिन्न मुलुकमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्य/बाणिज्य दुतहरुलाई पर्यटन प्रर्वद्धनमा ध्यान दिन आग्रह गरेका छन । 

उनले दुई मुलुकको वास्तविक पुल बन्दै सहकार्य अघि बढाउन आग्ह गरेका हुन । परराष्ट्रमन्त्रालयले दुई दिने भेला र माउन्टेन फ्लाइटको लागि काठमाडौं निम्त्याइएका उनीहरुलाई प्रधानमन्त्रीले बालुवाटारमा भेट दिंदै यस्तो बताएका हुन । 

उनीहरु दुई दिने जमघट सकेपछि प्रधानमन्त्री भेट्न विहिबार बालुवाटार पुगेका थिए । नेपालका राष्ट्रिय प्राथमिकताहरुलाई सम्बन्धित देशहरुमा कसरी प्रवद्र्धन गर्र्ने भन्ने बिषयमा पनि प्रधानमनत्रीले छलफल गरेको बताइएको छ ।

नेपाल भ्रमण बर्ष सन् २०२० को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भ भन्दै परराष्ट्र मन्त्रालयले अवैतनिक दूत भेला अचानक गरेको थियो । हतारमा काम गरेझै देखाउन गरिएको उक्त भेलामा भएका अवैतनिक दूत मध्ये आधा पनि उपस्थित नभएको यसमा संलग्नहरु नै बताए । 

नेपालको विभिन्न ३९ मुलुकमा ६४ अवैतनिक दूत छन । त्यसमा ११ जना गैर आवासिय नेपाली नै छन । दुई दिनसम्म चलेको सम्मेलन र माउन्टेण्ड फ्लाइटमा उड्ने अधिकांश गैर आवासिय नेपाली नै थिए । 

त्यो कार्यक्रमको मुख्य उद्देश्य थियो अवैतनिक दूतलाई नेपालबारे नै जानकारी गराउनु । त्यसमा अधिकतम गैर आवासिय नेपालीको नै उपस्थिती रहनुले पनि यो कार्यक्रम हतारमा गरिएको अर्थात असारे विकासको शैलीमा सम्पन्न भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालमा बैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न पनि दूतहरुलाई आग्रह गरेको बताइएको छ । गैर आवासिय नेपालीले कुन तवरले त्यस्तो लगानी भित्र्याउने हुन त्यो सोचनिय रहेको परराष्ट्र अधिकारी नै बताउँछन । 

‘यो सम्मेलन हामीले ग¥यो भन्ने बाहेक ठूलो कुनै उपलब्धी होइन,’ एक अधिकारीले भने, ‘साच्चै उपलब्धी हासिल गर्नु नै थियो भने केही समय राखेर बार्षिक क्यालेन्ण्डरमा कार्यक्रम पारेर तयारी गरिन्छ । हल्ला गर्ने मेसो मात्र रहेको देखियो ।’ 

प्रधानमन्त्रीले भेला कत्तिको उपयोगी भएकोमा पनि जिज्ञासा राखेका थिए । अनि प्रधानमन्त्रीले यत्ति नै हो कि हाम्रा अवैतनिक दूत भन्दा समेत परराष्ट्र अधिकारी अलमलिएको ति अधिकारीले बताए ।

प्रधानमन्त्रीले अवैतनिक दूतहरुको यस्तो भेलामा अधिकतम उपस्थित हुनुपर्ने र सम्भव भए विदेश भ्रमणमा रहेका अवस्थामा त्यही त्यो क्षेत्रकालाई त्यही उपस्थित गराउन पनि सुझाव दिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

विदेशमा रहेका नेपालीको विषयमा पनि ध्यान पु¥याउन उनीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न सहयोग गर्न पनि आग्रह गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.